News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय युवा संघ नेपालको ३७ औं स्थापना दिवसको अवसरमा जेठ १ गते काठमाडौंमा ‘१० के एनवाईएफएन रन’ आयोजना हुने भएको छ।
- रन त्रिपरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भई तिनकुने फन्को मारेर दशरथ रंगशालामा टुङ्गिनेछ।
- विजेताले नगद ५० हजार पाउने गरी शीर्ष पाँच खेलाडीलाई पुरस्कार दिइनेछ र करिब एक हजार धावकको सहभागिता रहने अपेक्षा गरिएको छ।
३१ वैशाख, काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुने ‘१० के एनवाईएफएन रन’ को तयारी पुरा भएको छ ।
संघको ३७ औं स्थापना दिवसको उपलक्ष्यमा जेठ १ गते शनिबार काठमाडौंमा हुने उक्त रनको सम्पुवर्ण तयारी पुरा भएको संघका प्रवक्ता निरोज पौडेलले जानकारी दिए ।
‘स्वास्थ्का लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आ युवाहरुलारुई खेलकुद, अनुशासन, स्वास्थ्य सकारात्मक सोच तथा सामाजिक उत्तरदायित्वसँग जोड्ने उदेश्यले यो १० के रन आयोजना गर्न लागिएको संघले जनाएको छ ।
नेपाल एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा हुने रन बहान साढे ६ बजे त्रिपरेश्वरस्थित दशरथ रंगशालबाट सुरु भई तिनकुने फन्को मारेर दशरथ रंगशालामै पुगेर टुङ्गिनेछ ।
नेपालका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले १० के रनको उद्घाटन गर्ने संघका प्रवक्ता निरोज पौडेलले जानकारी दिए ।
यस १० के रनमा शीर्ष पाँच स्थानमा आउने खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् । जसमा विजेताले नगद ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यस्तै दोस्रोले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौले १० हजार पाउनेछन् ।
‘१० के एनवाईएफएन रन’ मा करिब एक हजार धावकको सहभागिता रहने आयोजकको अपेक्षा छ ।
खुल्ला प्रतियोगिता भएकोले दौडमा राष्ट्रिय स्तरको खेलाडीदेखि आयोजक राष्ट्रिय युवा संघका सदस्यहरु समेत सहभागी हुनेछन् ।
प्रतिक्रिया 4