News Summary
Generated by OK AI. Editorially reviewed.- जिन्सको बलियो कपडाबाट टिकाउ झोला र डोरम्याट निर्माण गर्न सकिन्छ जुन दैनिक प्रयोगका लागि उपयुक्त हुन्छ।
हामीमध्ये धेरैका दराज तथा र्याकहरू पुराना कपडाले भरिएका हुन्छन् । लगाउन पनि मन नलाग्ने र फालिहाल्न पनि माया लाग्ने खालका कपडा हामीसँग धेरै हुन्छन् । नयाँ–नयाँ कपडा थपिँदै जाँदा राख्ने ठाउँकै समस्या भएपछि जति माया लागेपछि हामीले त्यस्ता कपडा फाल्नैपर्ने हुन्छ ।
यदि यस्ता कपडाको थुप्रोमा जिन्स कपडा छ भने हामीले त्यसलाई फालिहाल्नु पर्दैन । खुइलिएर फिका भएका र फेसन आउट भएर हामीलाई लगाउन मन नलाग्ने जिन्सबाट घर सजावटका सामग्रीदेखि झोलासमेत बनाउन सकिन्छ ।
पुरानो जिन्सलाई कसरी पुन: प्रयोग गर्ने त ?
कुशन कभरहरू बनाउने

पुरानो जिन्स धेरै बलियो हुन्छन्, त्यसैले तिनीहरूबाट आर्कषक कुशन कभरहरू निर्माण गर्न सकिन्छ। जिन्सका विभिन्न भागहरू काट्नुहोस् र प्याचवर्क डिजाइनहरू सिर्जना गर्नुहोस् र तिनीहरूलाई एकै ठाउँमा जोडेर सिलाउनुहोस । यदि जिन्सको खल्ती राम्रो अवस्थामा छ भने, तिनीहरूलाई कुशनमा थप्दा नयाँ डिजाइन दिन सकिन्छ ।
ब्याग बनाउने

पुरानो जिन्सबाट बच्चाहरूका खेलौना तथा विभिन्न सामग्री हालेर राख्न मिल्ने ब्याग बनाउन सकिन्छ । ल्यापटप कभर, किनमेल गर्नका लागि बजार लैजान मिल्ने झोला तथा अन्य निभिन्न खालका झाेलाहरू पनि बनाउन सकिन्छ ।
जिन्सको कपडा बलिय हुने भएकाले यसबाट बनाइएको झोला बलियो र टिकाउ समेत हुन्छ ।
डेनिम अर्जनाइजर बनाउनुहोस्

यदि हाम्रो घर तथा कोठामा सानातिना सामग्रीहरू छरिएर रहेका छन् र तिनलाई राख्ने उचित ठाउँ मिलिरहेको छैन भने पुरानो जिन्स धेरै उपयोगी हुन सक्छ । जिन्सका खल्तीहरू काट्नुहोस् र तिनीहरूलाई कार्डबोर्ड वा बाक्लो कपडामा सिलाउनुहोस । अनि यसलाई भित्तामा झुण्डाएर राख्नुहोस् । तपाईंले चाबीहरू, चार्जरहरू, कलम, ब्रशहरू, वा बच्चाका साना खेलौनाहरू भण्डारण गर्न सक्नुहुन्छ ।
डोरम्याट बनाउनुहोस्

पुरानो जिन्स बाक्लो र टिकाउ हुन्छ, त्यसैले तिनीहरूलाई डोरम्याट बनाउन पनि प्रयोग गर्न सकिन्छ। जिन्सलाई लामो लामो आकारमा काट्नुहोस् र तिनीहरूलाई सिलाएर एकै ठाउँमा जोड्नुहो । त्यसपछि, डोरम्याट तयार हुन्छ । आवश्यकता अनुसार सिंगल र डबल कपडासहितको डोरम्यान बनाउन सक्नुहुन्छ ।
झुण्ड्याउने गमला बनाउने

यदि तपाईं आफ्नो कोठा तथा बरण्डाहरूमा विरुवा रोप्न चाहनुहुन्छ भने त्यसमा जिन्स उपयोग हुन सक्छ । पुरानो जिन्सबाट पुरानो जिन्सबाट झुण्ड्याउने खालका गमला बनाउन सकिन्छ । साना भाँडाहरूका लागि कभरहरू सिर्जना गर्न जिन्सको खल्ती वा तल्लो भाग प्रयोग गर्नुहोस् । तपाईको कोठा तथा घरलाई फरक र सुन्दर रुप दिन्छ ।
प्रतिक्रिया 4