+
+
Shares

उमाशंकर अरगरियाले एमाले त्यागे

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १० गते २०:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वसांसद उमाशंकर अरगरियाले जिल्ला नेतृत्वबाट अपमानित हुनु परेको भन्दै नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका छन् ।
  • उनले “आजबाट म यो पार्टीको साधरण सदस्य समेत नरहनेगरी राजीनामा दिएको छु” भनी सामाजिक सञ्जालमा उल्लेख गरे ।
  • विसं २०७९ को निर्वाचनअघि एमाले प्रवेश गरेका अरगरिया धनुषा क्षेत्र नम्बर २ मा दुईपटक पराजित भए ।

१० जेठ, जनकपुर । पूर्वसांसद उमाशंकर अरगरियाले नेकपा एमाले परित्याग गरेका छन् ।

जिल्ला नेतृत्वले पटकपटक अपमान हुनु परेको र केन्द्रले आवश्यक पहल नगरेको भन्दै उनले साधरण सदस्य समेत नरहनेगरी एमाले त्यागेको जानकारी दिएका छन् ।

‘पटकपटक जिल्लाको नेतृत्वबाट अपमानित हुने, लगनशील तथा इमान्दार कार्यकर्ता अपहेलित हुने र पार्टीविरुद्ध लाग्नेहरू नै सम्मानित हुने प्रवृत्तिले आजित भएको छु,’ उनले लेखेका छन्, ‘यी सबै कुराहरू पटकपटक केन्द्रमा जानकारी गराउँदा पनि कुनै किसिमको पहल नहुँदा आजबाट म यो पार्टीको साधरण सदस्य समेत नरहनेगरी राजीनामा दिएको छु ।’

०७९ सालको निर्वाचन अघि अरगरिया एमाले प्रवेश गरेका थिए । उनलाई एमाले प्रवेश गराउन पार्टी अध्यक्ष केपी शर्मा ओली आफै आएका थिए ।

धनुषा–२ को उम्मेदवार बन्नेगरी एमाले प्रवेश गरेका अरगरियाले चुनाव जित्ने भने सकेनन् । ०७४ को निर्वाचनमा संघीय समाजवादी फोरमको उम्मेदवार बनेर भारी मतान्तरले जितेका अरगरिया एमाले बनेर पराजित भएका थिए ।

०७४ को निर्वाचनमा ३२ हजार ४४ मत ल्याएर अरगरियाले जित्दा माओवादीका रामचन्द्र झाले १८ हजार ७१५ र कांग्रेसका रामकृष्ण यादवले १५ हजार ४४२ मत पाएका थिए । तर एमाले प्रवेश गरेर उम्मेदवार बन्दा ०७९ को निर्वाचनमा अरगरियाले १९ हजार ९५५ मत पाउदा कांग्रेसका रामकृष्ण यादवले झिनो अन्तरले जिते । यादवले २० हजार ११२ मत ल्याएर अरगरियालाई हराएका थिए ।

गत २१ फागुनको निर्वाचनमा पनि एमालेले यही क्षेत्रमा अरगरियालाई उम्मेदवार बनाएको थियो । तर भारी मतान्तरले पराजित भए ।

रास्वपाका राम विनोद यादवले ४१ हजार ६३७ मत ल्याउँदा अरगरियाले १० हजार १५३ मत ल्याएर तेस्रो भएका थिए । दोस्रो मत कांग्रेसका दिनेशप्रसाद यादवले १० हजार १९८ मत पाएका थिए ।

दोस्रोपटक चुनाव हारेपछि भने अरगरियाले एमाले परित्याग गर्ने निर्णय फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?