News Summary
Generated by OK AI. Editorially reviewed.- आगामी सन् २०२६ को जुन–जुलाईमा अमेरिकामा फिफा विश्वकप र मेजर लिग क्रिकेट एकै समयमा सञ्चालन हुने भएका छन् ।
- दुवै प्रतियोगिताको फाइनल खेल सन् २०२६ जुलाई १९ मा एकै दिन आयोजना हुने तय भएको छ ।
- विश्वकपका खेल क्यालिफोर्नियाको लेभाइज रङ्गशालामा र क्रिकेटका खेलहरू ओकल्याण्ड कोलिसियममा आयोजना गरिनेछन् ।
१२ जेठ, काठमाडौं । आगामी जुन-जुलाईमा अमेरिकामा दुई ठूला खेल प्रतियोगिता एकै समयमा हुने भएका छन् । फिफा विश्वकप २०२६ चलिरहेकै बेला मेजर लिग क्रिकेट २०२६ पनि सुरु हुने भएपछि उत्तर अमेरिकामा खेलकुदको माहोल थप रोचक बनेको छ ।
मेजर लिग क्रिकेटको चौथो संस्करण जुन १९ मा सुरु हुनेछ र जुलाई १९ सम्म चल्नेछ । यही अवधिमा फिफा विश्वकप पनि जारी रहने भएकाले दुवै प्रतियोगिताबीच दर्शक, प्रायोजक र रंगशालाको प्रयोगमा प्रतिस्पर्धा हुने देखिएको छ ।
फिफा विश्वकप चार वर्षमा एकपटक आउने र विश्व फुटबलको कुम्भमेलाका रूपमा समेत मानिने भएकाले माहोल भने फुटबलकै धेरै हुनेछ ।
यसको सबैभन्दा रोचक पक्ष जुलाई १९ मा देखिनेछ, जब फिफा विश्वकपको फाइनल र मेजर लिग क्रिकेटको फाइनल एकै दिन आयोजना हुनेछ । मेजर लिग क्रिकेटको तालिका हेरफेर नभएमा सोही दिन क्रिकेटको पनि फाइनल तय छ ।
दुवै प्रतियोगिता अमेरिकाको साँझको समयमा प्रसारण हुने भएकाले टेलिभिजन दर्शकका लागि पनि कडा प्रतिस्पर्धा हुनेछ । साथै प्रायोजक कम्पनीहरूले पनि आफ्नो लगानी दुई ठूला प्रतियोगितामा बाँड्नुपर्ने अवस्था बनेको छ ।
आयोजकहरूले व्यवस्थापन सहज बनाउन खेलस्थल भने फरक–फरक राखेका छन् । क्यालिफोर्नियाको सान्टा क्लारास्थित लेभाइज रंगशालामा विश्वकपका खेल हुनेछन् भने क्रिकेटका खेलहरू ओकल्याण्डस्थित ओकल्याण्ड–अलामेडा काउन्टी कोलिसियममा हुनेछन् ।
त्यहाँ मेजर लिग क्रिकेटका ११ खेल, प्लेअफ र फाइनलसमेत आयोजना गरिनेछ ।
प्रतिक्रिया 4