+

‘जिन्सा २०२६’ सम्मेलनमा पोषणको भविष्यबारे बहस

२०८३ जेठ  १७ गते १५:१३ २०८३ जेठ १७ गते १५:१३
‘जिन्सा २०२६’ सम्मेलनमा पोषणको भविष्यबारे बहस

काठमाडौं । पोषण तथा डाइटेटिक्स क्षेत्रलाई अन्तर्राष्ट्रिय अभ्यास, नवीन अनुसन्धान र उदीयमान प्रविधिसँग जोड्ने उद्देश्यसहित आयोजित ‘जिन्सा २०२६’ अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

योर डायटिसियनको आयोजनामा भएको सम्मेलनमा नेपाल, भारतलगायत विभिन्न देशका डायटिसियन, क्लिनिकल न्युट्रिसन विज्ञ, पोषण शिक्षाविद् तथा स्वास्थ्यकर्मीहरूको सहभागिता थियो । सम्मेलनमा गट हेल्थ, इन्सुलिन रेसिस्टेन्स, खेलकूद पोषण, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र नेपालको वर्तमान पोषण अभ्यासलगायत विषयमा गहन छलफल गरिएको थियो ।

सम्मेलनको वैज्ञानिक सत्रमा भारतकी वरिष्ठ डायटिसियन सिल्पी गोयलले इन्सुलिन रेसिस्टेन्स, पिसिओएस तथा पिसिओडीसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यस्तै वरिष्ठ डायटिसियन डा. सोम्या भारनीले ‘गट हेल्थ’ र ‘पर्फर्मेन्स न्युट्रिसन इन द इरा अफ एआई’ विषयमा प्रस्तुति दिएकी थिइन् ।

योर डायटिसियनका अध्यक्ष डायटिसियन मोदनाथ पौडेलले ‘डाइट इम्प्याक्ट्स एण्ड सक्सेस स्टोरिज अफ डायट थेरापी’ तथा डायटिसियन आयुष अधिकारीले ‘करेन्ट सिनारियो अफ डायटरी प्राक्टिस इन नेपाल’ विषयमा कार्यपत्र प्रस्तुत गरे । सम्मेलनमा विज्ञ तथा सरोकारवालाबीच प्यानल छलफलसमेत आयोजना गरिएको थियो ।

स्वास्थ्य विज्ञहरूले जीवनशैलीसँग सम्बन्धित रोगहरूको रोकथाम तथा व्यवस्थापनमा सन्तुलित आहारको भूमिका अत्यन्त महत्वपूर्ण रहेको औंल्याएका थिए । साथै आगामी दिनमा व्यक्ति–केन्द्रित पोषण, खेलकुद पोषण, पाचन स्वास्थ्य (गट हेल्थ) तथा एआईमा आधारित पोषण परामर्शको माग उल्लेखनीय रूपमा बढ्ने निष्कर्ष प्रस्तुत गरिएको थियो ।

सम्मेलनले नेपालको पोषण तथा डाइटेटिक्स अभ्यासलाई अन्तर्राष्ट्रिय ज्ञान, अनुभव र प्रविधिसँग जोड्दै यस क्षेत्रको व्यावसायिक विकासमा योगदान पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै व्यावसायिक अनुभव आदानप्रदानको अवसरसमेत उपलब्ध गराइएको थियो ।

आहार पोषण
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

‘जिन्सा २०२६’ सम्मेलनमा पोषणको भविष्यबारे बहस

‘जिन्सा २०२६’ सम्मेलनमा पोषणको भविष्यबारे बहस

हैजा समाप्त भएको छैन, लापरवाही भयो भने फेरि फैलिन सक्छ

हैजा समाप्त भएको छैन, लापरवाही भयो भने फेरि फैलिन सक्छ

गलत व्यायामले जान सक्छ ज्यान : कस्तो व्यायाम, कति र कहिले गर्ने ?

गलत व्यायामले जान सक्छ ज्यान : कस्तो व्यायाम, कति र कहिले गर्ने ?

कुन उमेरका बालबालिकालाई दैनिक कति प्रोटिन चाहिन्छ ?

कुन उमेरका बालबालिकालाई दैनिक कति प्रोटिन चाहिन्छ ?

पञ्चकर्म : गाडी सर्भिसिङ जस्तै शरीरको सम्पूर्ण सफाइ गर्ने विधि

पञ्चकर्म : गाडी सर्भिसिङ जस्तै शरीरको सम्पूर्ण सफाइ गर्ने विधि

स्वास्थ्य बीमाको संकट : समस्या बजेटको मात्रै कि नैतिकता र प्रणालीको पनि ?

स्वास्थ्य बीमाको संकट : समस्या बजेटको मात्रै कि नैतिकता र प्रणालीको पनि ?