+
+
Shares

रास्वपा काठमाडौं महानगर समितिको सभापतिमा पन्त निर्वाचित 

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते ७:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौं महानगरपालिकाको सभापतिमा २५६ मतसहित कमल प्रसाद पन्त ‘शशि’ निर्वाचित भएका छन् ।
  • प्रतिस्पर्धी गणपति लाल श्रेष्ठले १७९ मत प्राप्त गर्दा महानगर अधिवेशनमा कुल ५२७ प्रतिनिधिहरू सहभागी थिए ।

१९ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौं महानगरपालिकाको सभापतिमा कमल प्रसाद पन्त ‘शशि’ निर्वाचित भएका छन् ।

रास्वपाले काठमाडौं महानगर समितिको अधिवेशन हिजो गरेको थियो ।

अधिवेशनबाट २५६ मतसहित पन्त सभापतिमा निर्वाचित भएका हुन् । सभापतिमा तीन जनाको उम्मेदवारी परेको थियो ।

सभापतिका अर्का उम्मेदवार गणपति लाल श्रेष्ठले १७९ मत ल्याए । पन्त ०७९ देखि नै काठमाडौं महानगर कमिटीको संयोजक थिए ।

सम्पदा क्षेत्रमा काम गर्दै आएका श्रेष्ठ रास्वपा प्रवेश गरी महानगर सभापतिमा प्रतिस्पर्धा गरेका थिए।

निर्वाचन समितिका अनुसार अधिवेशनका प्रतिनिधिको संख्या ५२७ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?