News Summary
Generated by OK AI. Editorially reviewed.- रोल्पाको माडी गाउँपालिका–४ स्याङखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर ३९ वर्षीय हरि बहादुर घर्ती मगरको मृत्यु भएको छ ।
- स्थानीय बासिन्दाले खोला किनारमा मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
- प्रहरीले मृतकको शवलाई पोस्टमार्टमका लागि रोल्पा अस्पताल रेउघा पठाएको जनाएको छ ।
१९ जेठ, रोल्पा । रोल्पाको माडी गाउँपालिका–४ तार्केबाङस्थित स्याङखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
सोमबार अपराह्न ४ बजे माडी गाउँपालिका–२ घर्तिगाउँ निवासी ३९ वर्षीय हरि बहादुर घर्ती मगरको मृत्यु भएको हो ।
करेन्ट लागेको र खोला किनारमा लडिरहेको अवस्थामा बाख्रा चराइरहेका स्थानीयले देखेपछि चालकलाई खबर गरेका थिए ।
चालक घटनास्थलमा पुगेर हेर्दा घर्ती मगरको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
मृतकको शवलाई पोस्टमार्टमका लागि रोल्पा अस्पताल रेउघा लगिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब निरीक्षक एवं सूचना अधिकारी सुनिल थापा नेपालीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4