+
+
Shares

सांसद भन्दै ट्राफिकलाई फोन गरेर दबाब दिने व्यक्ति पक्राउ

पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–७ माझिटारका ३६ वर्षीय लोकबहादुर तामाङ छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १२:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसदको झुटो परिचय दिएर ट्राफिक प्रहरीलाई अनुचित दबाब दिएको आरोपमा सिन्धुलीका ३६ वर्षीय लोकबहादुर तामाङ पक्राउ परेका छन् ।
  • पक्राउ परेका तामाङविरुद्ध अभद्र व्यवहारको कसुरमा सोमबार ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ ।

१९ जेठ, काठमाडौं । सांसद भन्दै ट्राफिक प्रहरीलाई फोन गरेर अनुचित दबाब दिएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–७ माझिटारका ३६ वर्षीय लोकबहादुर तामाङ छन् । उनले आफू सिन्धुली क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य तथा सांसद धनेन्द्र कार्की बोलेको भन्दै ट्राफिक प्रहरीलाई फोन गरेका थिए ।

झुटा परिचय दिँदै फोन गरेर दबाद र प्रभाव पार्न खोजेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्स्पेक्टर उज्वल कार्कीले बताए ।

पक्राउ परेका उनीविरुद्ध अभद्र व्यवहारको कसुरमा सोमरबा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?