+
+
Shares

नेताको बचाउमा नेपालले भूमि मिचेको प्रमाण खोजेर हिँड्नु दुखद् : खुश्बु ओली

राप्रपाका सांसद खुश्बु ओलीले रास्वपा सांसदहरूलाई प्रधानमन्त्रीको गम्भीर अभिव्यक्तिको बचाउ नगर्न आग्रह गरेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १५:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपा सांसद खुश्बु ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ नगर्न संसद् बैठकमा आग्रह गरिन् ।
  • "हिजोसम्म नेपालको एक इन्च पनि भूमि नछोड्ने कुरा गर्नेहरू आज आफ्नै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिँडिरहेको छ," ओलीले भनिन् ।
  • प्रधानमन्त्रीको कूटनीतिक, कानूनी र राष्ट्रिय सुरक्षाको दृष्टिले अत्यन्त गम्भीर विषयलाई सामान्य रूपमा नलिन सांसद ओलीले आग्रह गरिन् ।

१९ जेठ, काठमाडौं । राप्रपाका सांसद खुश्बु ओलीले रास्वपा सांसदहरूलाई प्रधानमन्त्रीको गम्भीर अभिव्यक्तिको बचाउ नगर्न आग्रह गरेकी छन् ।

‘हिजोसम्म नेपालको एक इन्च पनि भूमि नछोड्ने कुरा गर्नेहरू आज आफ्नै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिँडिरहेको छ,’ संसद् बैठकमा उनले भनिन्, ‘यो भन्दा दुःखद केही हुन्छ जस्तो लाग्दैन ।’

सांसद ओलीले गम्भीर विषयलाई टार्ने कुरा नगर्न आग्रह गरिन् ।

‘प्रधानमन्त्रीज्यूले हिजो व्यक्त गर्नुभएको अभिव्यक्ति कूटनीतिक, कानुनी र राष्ट्रिय सुरक्षाको दृष्टिले अत्यन्त गम्भीर विषय बनेको छ । प्रधानमन्त्री भनेको व्यक्ति होइन, संस्था हुन्,’ उनले भनिन्, ‘हाम्रो राजकीय सत्ताबाट आएको ज्यादै फितलो भाष्यले राष्ट्रिय संकट उत्पन्न गर्ने जोखिम बढेको छ । यसलाई भइहाल्यो, सामान्य विषय हो भनेर उहाँको आसय अर्कै हो भनेर टार्ने विषय होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?