+
+
Shares

एआईबाट बनेको छोटो फिल्मपछि म्युजिक भिडियो ल्याउँदै निश्चल बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १६:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म निर्देशक निश्चल बस्नेतले कृत्रिम बौद्धिकता (एआई) को प्रयोग गरी ५ घण्टा लगाएर ‘जम्पर’ नामक छोटो फिल्म निर्माण गरेका छन् ।
  • बस्नेतले जयन वाइवाको शब्द तथा संगीत रहेको गीत ‘उडुँ म कतै’ को म्युजिक भिडियो पनि एआई प्रविधिबाट निर्माण गरेका छन् ।
  • एआईबारे बस्नेतले लेखेका छन्, “हामीले टेक्नोलोजीको सदुपयोग गर्न जानेनौ भने हामी धेरै पछी पर्ने रैछौं ।”

काठमाडौं । फिल्म निर्देशक निश्चल बस्नेतले कृत्रिम बौद्धिकता (एआई) प्रविधिबाट फिल्म र संगीत बनाउने कार्यमा अभिरुचि राखेको देखिन्छ । उनका पछिल्ला केही सोसल मिडिया पोस्ट हेर्दा दर्शकले त्यो थाहा पाउन सक्छन् ।

केही साताअघि उनले एआईको प्रयोगबाट छोटो फिल्म ‘जम्पर’ बनाएका थिए । ५ घण्टा लगाएर उनले बनाएको उक्त छोटो फिल्मे साइन्स फिक्सन हो जसलाई दर्शकले निश्चलको कम्पनी ब्ल्याकहर्स पिक्चर्सको युट्युब च्यानलमा पनि हेर्न सक्छन् ।

एआईबाट फिल्म बनाएपछि निश्चलले प्रशंसा पाएका थिए । उनले त्यतिबेला लेखेका थिए, ‘यो एआई भन्ने जिनिस चलाउन सिक्दै गर्दा था भो, हामीले टेक्नोलोजीको सदुपयोग गर्न जानेनौ भने हामी धेरै पछी पर्ने रैछौं । संसार कुदिराछ हामी अब कुदेको देखेर दंग परिराछौं ।’

यस्तोमा, निश्चलले एआई प्रविधिमा आधारित रहेर जयन वाइवाको शब्द तथा संगीतमा गीत पनि ल्याउँदैछन् । ‘उडुँ म कतै’ बोलको गीतको निर्देशन निश्चलले गरेका छन् जसको फोटो पनि उनले सेयर गरेका छन् ।

उनले सेयर गरेको फोटो हेर्दा यो गीतको भिडियो डिस्टोपियन शैलीमा बनेको देखिन्छ । तीनजना अन्तरीक्षयात्री ध्वस्त भैसकेको कुनै ग्रहमा बन्दुक र अन्तरीक्षयात्रीको कस्ट्युमसहित छन् । निश्चल स्वयम एक पात्रको रुपमा छन् ।

यसबारे उनी लेख्छन्, ‘जमाना एआइ युगमा पुगिसकेको हुनाले हामीले पनि एआइबाट एउटा म्युजिक भिडियो बनाउने कोसिस गरेका छौं । जयन जे वाइबाको स्वर शब्द संगीत रहेको उक्त गीतमा केही नयाँपन दिने कोसिस गरेका छौं भिडियोमार्फत । केही दिनमै सार्वजनिक हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?