News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालस्थित भारतीय दूतावासले नेपालका २५ वटा स्टार्टअप सम्मिलित ‘इन्डिया–नेपाल स्टार्टअप पार्टनरसिप नेटवर्क’ को दोस्रो कोहर्ट सुरू गरेको छ।
- सहभागी २५ वटा स्टार्टअपहरूले आगामी ८ हप्तासम्म उद्यमशीलता प्रशिक्षण, एआई सीप विकास र भारतीय स्टार्टअपहरूसँग नेटवर्किङमा सहभागिता जनाउनेछन्।
- भारतको चेन्नईस्थित आईआईटी मद्रासको आईआईटीएम प्रवर्तक क्याम्पसमा यो कार्यक्रम आयोजना भइरहेको छ।
१९ जेठ, काठमाडौं । नेपालका २५ वटा स्टार्टअप सम्मिलित ‘इन्डिया–नेपाल स्टार्टअप पार्टनरसिप नेटवर्क’ (इन–स्पान) कार्यक्रमको दोस्रो कोहर्ट सुरु गरेको छ ।
यी स्टार्टअपहरू एआई, बायोटेक, क्लिनटेक, फिनटेक, हेल्थटेक, एग्रिटेक, ई–कमर्स, मोबिलिटी, म्यान्युफ्याक्चरिङ्ग र कन्स्ट्रक्सन टेक, एफएमसीजी (FMCG), एरोस्पेस, आईओटी (IoT) र सास (SaaS) क्षेत्रसँग सम्बन्धित रहेको दूतावासले जनाएको छ ।
उक्त उद्घाटन समारोहमा आईआएईर्टीमा सीईओ एम जे शंक रमण लगायतका प्राज्ञिक व्यक्तित्वको सहभागीता थियो ।
उक्त कार्यक्रमलाई भारतीय राजदूत नवीन श्रीवास्तवले भर्चुअल सम्बोधन गरेका थिए ।
सम्बोधनको क्रममा उनले यस्ता कार्यक्रमहरूबारे प्रशंसा गर्दै भारतका स्टार्टअप इकोसिस्टमसँग सहकार्य गर्न प्रोत्साहन पनि गरे ।
आगामी ८ हप्तासम्म यी २५ वटा स्टार्टअपहरूले उद्यमशीलता प्रशिक्षण कार्यक्रम, एआई सीप विकास, लगानीका लागि प्रस्ताव, तथा आफ्ना सम्बन्धित क्षेत्रका भारतीय स्टार्टअपहरूसँग नेटवर्किङ/इन्टर्नसिपमा सहभागिता जनाउनेछन् ।
भारतको चेन्नईस्थित आईआईटी मद्रासको आईआईटीएम प्रवर्तक क्याम्पसमा उक्त कार्यक्रम आयोजना हुँदैछ ।
प्रतिक्रिया 4