News Summary
Generated by OK AI. Editorially reviewed.- नियमित रूपमा कागती पानीको सेवन गर्दा तौल घट्ने, पाचन प्रणाली बलियो हुने र मिर्गौलामा पत्थरी बन्नबाट जोगिन सहयोग पुग्छ।
अमिलो फल कागती, हाम्रो भान्साको एक महत्वपूर्ण हिस्सा हो । यो बहुउपयोगी छ । दाल, तरकारी तथा अचारमा हालेर होस वा चिया तथा तातोपनीसँग मिसाएर हामीले दैनिकजसो कागतीको सेवन गरिरहेका हुन्छौं ।
शरीरलाई फाइदा गर्छ भन्दै हरेक बिहान कागती पानी सेवन गर्नेहरू पनि धेरै हुन्छन् । तर यसले हाम्रो शरीरलाई के-कस्ता फाइदा पुर्याइरहेको हुन्छ भन्ने बारे त्यति जानकारी राख्ने गर्दैनौं ।
एक महिनासम्म नियमित रूपमा कागती पानी पिउँदा हाम्रो शरीरमा के-के परिवर्तन हुन्छ त ?
१.तौल घटाउन सहयोग गर्छ
निरन्तर कागती पानी पिउनाले यसले तौल घटाउन सहयोगी भूमिका खेल्छ । विज्ञहरूका अनुसार कागतीमा पाइने तत्वहरूले शरीरको बोसो बर्न गर्न मद्दत गर्छन् । यसले मेटाबोलिज्मलाई पनि बढाउँछ, जसले गर्दा बोसो छिटो घट्छ ।
२.पेटका लागि फाइदाजनक
आफ्नो खानामा कागती पानी समावेश गर्दा यसले पेटलाई शीतल प्रदान गर्छ । यो पाचनलाई बलियो बनाउने राम्रो तरिका हो । यसमा पाइने साइट्रिक एसिडले पाचन सुधार गर्छ ।
३.छालाका लागि फाइदाजनक
कागती पानी छालाका लागि पनि धेरै फाइदाजनक मानिन्छ । यसले छालालाई हाइड्रेटेड राख्छ । गर्मीको दाग र एलर्जीबाट राहत दिन्छ । यसले छालामा रहेका दागहरू हटाउन पनि मद्दत गर्छ ।
४.मिर्गौलाका लागि फाइदा
कागती पानीलाई मिर्गौलाका लागि पनि फाइदाजनक मानिन्छ । कागतीमा रहेको साइट्रिक एसिडले मिर्गौलामा पत्थरी बन्नबाट रोक्छ । पर्याप्त पानीसँग यसको सेवन गर्नु मिर्गौलाको स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।
५.पानीको कमी पूर्ति गर्ने
हरेक बिहान कागती पानी पिउनाले शरीरमा पानीको मात्रा पूर्ति हुन्छ । यसले शरीरमा पानीको मात्र कमी हुनबाट जोगाउँछ । रातभरि हामीले पानी निपउँदा शरीरमा पानीको मात्रा कम भइरहेको हुन्छ । त्यसैले धेरै मानिसहरू चियाको सट्टा कागती पानी पिउन मन पराउँछन् ।
६.घाँटीलाई राहत दिने
हरेक दिन महसँग कागती पानी पिउनु फाइदाजनक हुन सक्छ । यसले घाँटीलाई धेरै राहत दिन्छ । तपाईं मनतातो पानीमा मह र कागती पनि पिउन सक्नुहुन्छ । मह थोरै मात्रामा प्रयोग गर्छुपर्छ ।
कसले सावधानी अपनाउने ?
केही निश्चित स्वास्थ्य समस्या भएका व्यक्तिले खाली पेटमा कागती पानी निपउनु राम्रो हुन्छ ।
-एसिडिटी र ग्याँसको समस्या भएका व्यक्तिलाई खाली पेट कागतीको सेवनले अम्लियपन बढ्ने हुन्छ । एसिडिटी तथा ग्यास्ट्राइटिसको समस्या भएका व्यक्तिलाई अमिलो पानी आउने, पेट फुल्ने, ढुस्स हुने समस्या हुन सक्छ ।
-अल्सर भएका व्यक्तिमा कागतीको एसिडले अल्सरको घाउलाई बल्झाएर तीव्र दुखाइ र जलन निम्त्याउन सक्छ ।
-मुखभित्र घाउ वा खटिरा छ भने कागती पानी सेवन गर्दा चहर्याउने, पोल्ने समस्या हुन सक्छ ।
-यदि पानीमा कागतीको मात्रा धेरै भयो भने दाँतको इनामेल खिइने समस्या पनि रहन्छ ।
प्रतिक्रिया 4