+
+
Shares

धवलशमशेरले भने– राजेन्द्र लिङ्देनको शब्दजालमा नपरौं

बुधबार एक विज्ञप्ति जारी गर्दै जबराले राप्रपाको केन्द्रीय समितिले वैधानिक आधार गुमाइसकेको जिकिर पनि गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २० गते १६:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपा छाडेर नयाँ दल गठनको तयारीमा लागेका नेता डा. धवलशमशेर जबराले अध्यक्ष राजेन्द्र लिङ्देनको आह्वानलाई भ्रमको संज्ञा दिएका छन् ।
  • जबराले राप्रपाको केन्द्रीय समितिले जेठ १९ गतेबाटै वैधानिक आधार गुमाइसकेको दाबी गर्दै नयाँ राष्ट्रवादी शक्तिको निर्माण अभियानमा जुट्न अपिल गरे ।
  • उनले अध्यक्षले आफ्ना कमी-कमजोरी अरूको थाप्लोमा राखेर चोखो बन्ने गैरजिम्मेवारीपूर्ण शैली अपनाएको आरोप समेत लगाएका छन् ।

२० जेठ, काठमाडौं । राप्रपा छाडेर नयाँ दल गठनको तयारीमा लागेका पञ्च नेता डा. धवलशमशेर जबराले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको विज्ञप्तिलाई ‘भ्रम’ को संज्ञा दिएका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै जबराले राप्रपाको केन्द्रीय समितिले वैधानिक आधार गुमाइसकेको जिकिर पनि गरेका छन् । यसअघि अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी छाड्ने तयारीमा धवलशमशेर लगायतका नेताहरूलाई फर्कन आह्वान गरेका थिए ।

तर, जबराले भने अध्यक्ष लिङ्देनको उक्त शब्दजालमा नपर्न नेता कार्यकर्ताहरूलाई अपिल गरेका छन् ।

‘…त्यही मार्गबाट हाम्रा मुल्य र मान्यता स्थापित हुने सम्भावना क्षीण भएका कारण उक्त विज्ञप्तिको भ्रममा नपरी अब सम्पूर्ण राष्ट्रवादी मन तथा शक्तिहरुको आपसी मेल र एकताबाट नयाँ राष्ट्रवादी शक्तिको निर्माण अभियानमा जुट्न सम्पूर्ण राष्ट्रवादी समुह, पार्टी शक्ति, अभियान तथा व्यक्ति महानुभावहरुमा हार्दिक हार्दिक अपिल गर्दछु,’ उनले भनेका छन्, ‘अध्यक्षको भ्रमपूर्ण विज्ञप्तिको शब्दजालमा नपरी आउनुहोस् निस्वार्थ भावले एक प्रजातान्त्रिक र लक्षमा पुग्ने बाटो निर्माण गरौं ।’

केन्द्रिीय समितिको समयावधि ६ महिना थप गरेकोमा हिजो (जेठ १९) बाटै समय पूर्ण भएको र पार्टीले वैधानिकता गुमाएको उनको भनाइ छ ।

‘दर्जनौं पटक औपचारिक तथा अनौपचारिक बैठकहरुमा त्यस सम्बन्धमा दिइएका सुझाव र सल्लाह कहिल्यै पनि स्वीकार नगर्ने तथा निर्णय भएपनि कार्यान्वयन नगर्ने पुरानै प्रवृतिलाई ढाकछोप गर्न मलाई “अधिवेशनको तालिका तयार पार्ने जिम्मा दिइएको र जिम्मेवारीबाट पन्छिएको या भागेको” भन्ने प्रकारको दुष्प्रचारपूर्ण अभिव्यक्ति अध्यक्ष बाट लिखित रुपमा आउनु हास्यास्पद र आफ्ना कमि कमजोरी अरुको थाप्लोमा राखेर चोखो बन्ने गैर जिम्मेवारीपूर्ण शैली हो,’ जबराले भनेका छन् ।

नेतृत्वकै शैली र प्रवृत्तिका कारण चुनावमा मात्रै नभइ वैचारिक मूल्य मान्यता तथा सैद्धान्तिक आधार समेत धरापमा परेको र जनताबाट तिरष्कृत हुने अवस्था पुगेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?