News Summary
Generated by OK AI. Editorially reviewed.- जनमत पार्टीका नेता डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमणलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।
- उनले "रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण मधेशीलाई झन् अर्को सफाया गर्ने र तह लगाउने रणनीतिको रूपमा नहोस्" भनी उल्लेख गरेका छन् ।
- उनले मधेशका नेताहरूलाई स्थापित हुन नदिन र उनीहरूको विकल्प खडा गर्न विभिन्न षड्यन्त्र बुनिने गरेको दाबी समेत गरेका छन् ।
२० जेठ, काठमाडौं । जनमत पार्टीका नेता डा सीके राउतले रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणलाई लिएर मधेशीलाई सफाया गर्ने र तह लगाउने रणनीति नहोस् भन्ने टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत राउतले प्रधानमन्त्रीमा बालेनको विकल्प खडा गर्ने काम भइरहेको टिप्पणी गरेका हुन् । बालेनको नाम नलिई उनले उसको दुर्दिन र हैसियत देखाइदिने षडयन्त्र बुनिएको उनको आरोप छ ।
‘रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण मधेशीलाई झन् अर्को सफाया गर्ने र तह लगाउने रणनीतिको रूपमा नहोस् । चाहे जसको भरमा होस्, जुनसुकै पार्टीबाट होस्, एउटा मधेशी प्रथम पटक नेपालको प्रधानमन्त्री बनेको छ,’ उनले रवि र मोदीको फोटो सेयर गर्दै भनेका छन्, ‘तर बडो ऐतिहासिक तामझामको मञ्चन गरेर उसको विकल्प खडा गर्ने र अरू मधेशीलाई झैं उसलाई पनि दुर्दिन र हैसियत देखाइदिने षडयन्त्र बुनिँदैछ।’
उनले मधेशका कुनै पनि नेतालाई स्थापित हुन नदिइएको भन्दै थपेका छन्, ‘तराई कांग्रेसदेखि जसपा र जनमतसम्म, चाहे पार्टी फोडेर होस्, बदनाम गराएर होस्, देशद्रोहीको बिल्ला भिडाएर होस्, पक्राउ र इन्काउन्टर गराएर होस्, शून्यमा झारेर होस्, कुनै पनि मधेशी नेतालाई आजसम्म स्थापित हुन दिइएन।’
उनले अहिले निशानामा प्रधानमन्त्री बालेन रहेको पनि दाबी गरेका छन् ।
प्रतिक्रिया 4