+
+
Shares

२०० देखि २५० सीसीका ‘अनएसेम्बल्ड’ बाइकको भन्सार घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २० गते १९:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले नेपालमा तयारी वस्तु उत्पादन बढाउन मोटरसाइकलका पार्टपूर्जा आयातमा लाग्ने भन्सार महसुल १० प्रतिशत बिन्दुले घटाएको छ ।
  • नयाँ व्यवस्था अनुसार २०० देखि २५० सीसीसम्मका मोटरसाइकलका पार्टपूर्जामा भन्सार दर ३० प्रतिशत कायम गरिएको छ ।
  • सरकारले २५० देखि ५०० सीसीसम्मका मोटरसाइकलका पार्टपूर्जा आयातमा लाग्ने भन्सार भने १० प्रतिशत बिन्दुले बढाएर ८० प्रतिशत पुर्‍याएको छ ।

२० जेठ, काठमाडौं । सरकारले नेपालमा पूर्ण वस्तु तयार गर्नेका लागि पार्टपूर्जाको आयातमा भन्सार घटाएको छ । आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले पाटपूर्जाको आयातमा लाग्दै आएको भन्सार दर घटाएको हो ।

आगामी आर्थिक वर्षको बजेट आएको भोलिपल्ट अर्थात् जेठ १६ देखि लागु भएको नयाँ भन्सार दरअनुसार नेपालमा तयार गर्ने मोटरसाइकलको हकमा आयात गरिने पार्टपूर्जामा भन्सार दर १० प्रतिशत बिन्दुले घटाइएको छ ।

२०० देखि २५० सीसीसम्मका मोटरबाइकका पार्टपूर्जा आयातमा चालु आर्थिक वर्षमा ४० प्रतिशत रहेको भन्सार आगामी आर्थिक वर्षदेखि सरकारले परिवर्तन गरेर ३० प्रतिशत कायम भएको छ । तर, २५० देखि ४०० सीसी क्षमताका मोटरसाइकलका पार्टपूर्जा आयातमा भन्सार १० प्रतिशत विन्दुले बढाएको छ ।

यसभन्दा अघि ७० प्रतिशत भन्सार लाग्ने तिनको पार्टपूर्जालाई ८० प्रतिशत पुर्‍याएको छ । त्यसैगरी ४ देखि ५ सय सीसी क्षमताका बाइकको हकमा पनि सरकारले सोही अनुपातमा भन्सार बढाइ ८० प्रतिशत कायम गरेको छ ।

पार्टपूर्जाको आयात गरेर अन्तिम वस्तु तयार गर्ने कम्पनीमा रोयल इन्फिल्ड, होन्डा, यामाहा, हिरो, टीभीएस र बजाज रहेका छन् । उल्लेखित कम्पनीहरूले विदेशबाट पार्टपूर्जा आयात गरेर नेपालमै अन्तिम वस्तुको तयार गर्ने काम गर्छन्। त्यसका लागि उनीहरूले एसेम्बल्ड प्लान्ट बनाइ काम गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?