+
+
Shares

पशुपति सहकारीका १४० ऋणीको नाम सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते १८:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पशुपति सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका १४० जना ऋणीको नामावली सार्वजनिक गरेको छ ।
  • समितिले ऋण चुक्ता गरिसकेकाहरूलाई प्रमाणसहित उपस्थित हुन र बाँकी ऋणीहरूलाई यथाशीघ्र रकम बुझाउन निर्देशन दिएको छ ।
  • ऋण चुक्ता नगर्ने ऋणीहरूविरुद्ध प्रचलित कानूनबमोजिम असुली प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ ।

२१ जेठ, काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित पशुपति सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड का १४० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ ।

समितिले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ ।

यस क्रममा साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई प्रमाणसहित उपस्थित हुन समेत आग्रह गरिएको छ ।

त्यस्तै, ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ ।

अन्यथा प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीको रकम फिर्ता गराउने तथा बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?