+
+
Shares

अजित मिराजको न्यायको लागि कांग्रेस नीति अनुसन्धान प्रतिष्ठानको शान्तिपूर्ण प्रदर्शन

उपसमितिकी संयोजक एलिजा ढकाल, प्रतिष्ठानकी मोहना अन्सारीलगायतले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते २०:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १० वर्षअघि अन्तरजातीय विवाह गरेपछि मृत भेटिएका अजित मिजारको न्यायका लागि त्रिवि शिक्षण अस्पताल अगाडि प्रदर्शन गरिएको छ ।
  • जातीय भेदभाव र छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा नेपाली कांग्रेस सम्बद्ध उपसमितिले सो प्रदर्शन गरेको हो ।
  • अजित मिजारको हत्या भएको दाबीसहित परिवारले १० वर्षदेखि न्यायका लागि लडाइँ लडिरहेको छ ।

२१ जेठ, काठमाडौं । १० वर्षअघि अन्तरजातीय विवाह गरेका अजित मिजारलाई न्याय माग्दै उनको शव राखिएको त्रिवि शिक्षण अस्पताल अगाडि प्रदर्शन गरिएको छ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको जातीय विभेदविरुद्ध सचेतना अभियान, उपसमितिले जातीय भेदभाव र छुवाछुतविरुद्धको राष्ट्रिय दिवसमा प्रदर्शन गरेको हो ।

उपसमितिकी संयोजक एलिजा ढकाल, प्रतिष्ठानकी मोहना अन्सारीलगायतले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

10 वर्षअघि अन्तरजातीय विवाह गरेका मिजार मृत भेटिएको र उनको हत्या भएको आरोप परिवारको छ । परिवारले १० वर्षदेखि न्यायका लागि लडाइँ लडिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?