+
+
Shares

फागुन २१ को निर्वाचन सफल गराउन चानचुने उपलब्धि होइन : भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते १३:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले २०८२ साल फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रूपमा अंकित हुने बताए ।
  • विद्रोह भएको छ महिनाभित्रै निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु ठूलो उपलब्धि भएको उनले उल्लेख गरे ।
  • सुरक्षा चुनौती र राजनीतिक जटिलताका बाबजुद आयोगले संविधान र कानूनलाई केन्द्रमा राखी निर्वाचन सम्पन्न गरेको उनले स्पष्ट पारे ।

२२ जेठ, काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले २०८२ साल फागुन २१ को निर्वाचनमा नेपालको इतिहासमा विशेष रुपमा अंकित हुने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले उक्त निर्वाचन विद्रोहपछि निर्धारित ६ महिनाभित्र शान्तिपूर्ण रुपमा सम्पन्न हुनसक्नु चानचुने उपलब्धि भएको पनि उल्लेख गरे ।

नेपालको उक्त निर्वाचनलाई विश्वभरबाट सुक्ष्म ढंगले अध्ययन, विश्लेषण गरेर नियाली रहेको र विद्रोहपछि ६ महिनाभित्र निर्वाचन सम्पन्न हुँदो रहेछ भन्नेमा विश्वस्त भएको दाबी समेत उनको थियो ।

‘नेपालको राजनीति तथा निर्वाचनको इतिहासमा गत वर्ष फागुन २१ गते सम्पन्न निर्वाचन विशेष रुपमा अंकित हुने अवस्था बनेको छ । विद्रोहपछि निर्धारित ६ महिना भित्र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न हुनसक्नु चानचुने उपलब्धि होइन,’ उनले भने, ‘नेपालको यो निर्वाचनलाई विश्वभरबाट सुक्ष्म ढंगले अध्ययन, विश्लेषण गरेर नियाली रहेको र विद्रोहपछि ६ महिना भित्र निर्वाचन सम्पन्न हुँदो रहेछ भनेर विश्वस्त भएको अवस्था र स्थिति पनि हो । आयोगले उपलब्ध स्रोत साधनको अधिकत उपयोग गर्दैै निर्वाचनलाई मितव्ययी, प्रभावकारी, व्यवस्थिति रूपमा सञ्चालन गर्न सफल भएको छ ।’

निर्वाचनप्रति प्रारम्भिक संशय, निषेधको राजनीति, सुरक्षा व्यवस्था सम्बन्धि चुनौति तथा निर्वाचनको वातावरण निर्माणसँग सम्बन्धित विभिन्न जटिलताका बाबजुद आयोगले संविधान र कानूनले दिएको जिम्मेवारी केन्द्रमा राखि सबै सरोकारवाला पक्षहरुसँग निरन्तर समन्वय र सम्वाद गर्दै निर्वाचन सम्पन्न गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाइ छ ।

‘निर्वाचनप्रति प्रारम्भिक संशय, निषेधको राजनीति, सुरक्षा व्यवस्था सम्बन्धि चुनौति, तथा निर्वाचनको वातावरण निर्माणसँग सम्बन्धित विभिन्न जटिलताका बाबजुद आयोगले संविधान र कानूनले दिएको जिम्मेवारी केन्द्रमा राखि सबै सरोकारवाला पक्षहरुसँग निरन्तर समन्वय र सम्वाद गर्दै निर्वाचन सम्पन्न गरेको हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?