News Summary
Generated by OK AI. Editorially reviewed.- गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले चढ्ने बा.२ झ १८७८ नम्बरको सरकारी गाडी २० जेठ मध्यराति दुरीखेलबाट चोरी भएको थियो ।
- ललितपुर प्रहरीले खोजी गर्ने क्रममा उक्त गाडी ललितपुर महानगरपालिका-२८ हरिसिद्धिस्थित रिद्धिसिद्धिमा बेवारिसे अवस्थामा फेला पारेको छ ।
- प्रहरीले फेला परेको सो गाडी नगरपालिकाको जिम्मा लगाएको छ भने घटनाबारे थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।
२२ जेठ, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी बेवारिसे अवस्थामा फेला परेको छ ।
प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले चढ्ने बा.२ झ १८७८ नम्बरको स्कर्पियो वडा नम्बर १२ दुरीखेलमा पार्किङ गरेको अवस्थामा २० जेठ मध्यराति चोरी भएको थियो । स्कर्पियो हराएपछि खड्काले प्रहरीमा उजुरी दिएका थिए ।
उजुरीपछि ललितपुर प्रहरीले खोजी कार्यलाई तीव्र पारेको थियो ।
खोजीको क्रममा उक्त गाडी ललितपुर महानगरपालिका-२८ हरिसिद्दि स्थित रिद्दिसिद्दिमा बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उक्त गाडी नगरपालिकाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4