+
+
Shares

सञ्चारमन्त्री भन्छन्- देश नयाँ राजनीतिक संस्कारको सुरुवात भयो

‘पार्टी कुनै व्यक्ति वा समूहको स्वार्थ पूरा गर्ने, बिचौलियातन्त्रलाई संरक्षण गर्ने वा सीमित व्यक्तिको हितका लागि सञ्चालन हुने संस्था बन्न हुँदैन’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २३ गते १६:४४

२३ जेठ, धादिङ । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढिरहेको बताएका छन् । शनिबार रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अब पुराना गलत राजनीतिक शैली दोहोर्‍याउने छुट सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नरहेको बताएका छन् ।

‘देशमा नयाँ राजनीतिक संस्कारको सुरुवात भएको छ । हिजो जुन राजनीतिक शैलीलाई गलत भनेर प्रश्न गर्‍यौं,  त्यही शैलीमा राजनीति गर्ने छुट हामीलाई छैन,’ मन्त्री तिमिल्सिनाले भने, ‘राजनीति बारेको बुझाइ र संस्कार दुवै बदल्न जरुरी छ ।’

उनले रास्वपाका हरेक सदस्यले आफूलाई नयाँ राजनीतिक संस्कारको संवाहकका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।

‘पार्टी कुनै व्यक्ति वा समूहको स्वार्थ पूरा गर्ने, बिचौलियातन्त्रलाई संरक्षण गर्ने वा सीमित व्यक्तिको हितका लागि सञ्चालन हुने संस्था बन्न हुँदैन,’ उनले भने । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?