+
+
Shares

स्वास्थ्य बीमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छ : स्वास्थ्य सचिव

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २४ गते १४:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य बीमा सुधारका लागि ऐन संशोधन गर्न आवश्यक रहेको बताए ।
  • उनले स्वास्थ्य बीमा क्षेत्रमा देखिएका गुनासोहरू तत्काल सम्बोधन गर्नुपर्ने र यसलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गरे ।
  • सरकारले यस वर्ष स्वास्थ्य बीमा कार्यक्रमका लागि विगतभन्दा दोब्बर बजेट विनियोजन गरेको सचिव देवकोटाले दाबी गरे ।

२४ जेठ, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य बीमा सुधारका लागि ऐन नै संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।

आइतबार मन्त्रालयमा सञ्चारकर्मीहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले स्वास्थ्य बीमा सुधार कार्यक्रमका लागि ऐन संशोधन गरेर नै अघि बढ्न आवश्यक रहेको बताएका हुन् ।

उनले सरकारले बीमा क्षेत्रमा देखिएको गुनासोहरू तत्काल सम्बोधन गर्नुपर्ने अवस्था आएको पनि बताए ।

सचिव देवकोटाले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई उच्च प्राथमिकता राखेको दाबी समेत गरे ।

सरकारले विगतमा वर्षहरूमा भन्दा उक्त कार्यक्रमका लागि दोब्बर बजेट विनियोजन गरेकाले स्वास्थ्य बीमा कार्यक्रम सुधारमा फडको मार्ने अवस्था रहेको सचिव देवकोटाको जिकिर थियो ।

उनले भने, ‘बीमा सुधारको थुप्रै कुराहरू आएका छन् । अहिले जति पनि कामहरू हामीले गरेका छौं । यस सम्बन्धी मिडियामा आएको र अस्ति हामीले गरेका निर्णयहरूको आधारमा हामीले यसलाई तुरुन्तै गर्ने पर्ने हो । यसमा नीतिगत कुराहरु गर्न बाँकी छ । बीमा ऐन संशोधन गर्नुपर्ने हुन्छ । १ साउनदेखि यो कुरा गर्नुपर्ने हुन्छ ।’

सचिव देवकोटाले सरकारले आगामी ३ वर्षभित्र आधार स्वास्थ्य सेवा आम नागरिकलाई पुर्‍याउने गरी सरकारले काम गर्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?