0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

स्पा सेन्टरमा बालिकालाई अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २४ गते १७:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरको सानेपास्थित स्पा सेन्टरमा बालिकालाई अनैतिक कार्यमा लगाएको आरोपमा सञ्चालिका सुमन कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।
  • कुमालले आफ्नो स्पामा कार्यरत बालिकालाई प्रलोभनमा पारेर ग्राहकसँग जबरजस्ती अनैतिक कार्य गराएको प्रहरीको दाबी छ ।
  • जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद थप गरी उनीमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको छ ।

२४ जेठ, काठमाडौं । स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्य गर्न लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका–२ सानेपा अरूणथापा चोकस्थित शुकल्प स्पा एण्ड थेरापीकी सञ्चालिका गोरखा सिरानचोक गाउँपालिका–३ घर भएकी सुमन थापा मगर भन्ने सुमन कुमाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, सुमनले स्पा सेन्टरमा स्टाफको रूपमा कार्यरत एक बालिकालाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी स्पामा सेवा लिन आउने ग्राहकहरूको इच्छा अनुसार जबरजस्ती अनैतिक कार्य गराइरहेको भन्ने खबरका आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत ललितपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?