+
+
Shares

पर्यटक भिसामा नेपाल आएर सामाजिक सञ्जालमार्फत व्यापार गर्ने २ चिनियाँ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते १२:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्यटक भिसामा नेपाल आएर सामाजिक सञ्जाल टिकटक मार्फत गैरकानूनी व्यापार गरेको आरोपमा अध्यागमन विभागले दुई चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ ।
  • पक्राउ परेकाहरूले नेपाली नागरिकका नाममा कम्पनी दर्ता गरी बजार मूल्यभन्दा महँगोमा हिमाली क्षेत्रका खाद्य सामग्री बिक्री गर्ने गरेको पाइएको छ ।

२२ जेठ, काठमाडौं । पर्यटक भिसामा नेपाल आएर सामाजिक सञ्जालमार्फत व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।

पर्यटक भिसामा नेपालमा बसोबास गर्दै भिसाको उद्देश्य विपरीत व्यावसायिक गतिविधिमा संलग्न रहेको आरोपमा बिहीबार अध्यागन विभागले दुई जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका दुवै जना पुरुष रहेका छन् ।

प्राप्त उजुरी तथा प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले सामाजिक सञ्जाल टिकटकमार्फत् प्रचारप्रसार गरी सम्पर्कका आधारमा विभिन्न खाद्य सामग्री बिक्री वितरण गर्दै आएको तथ्य खुलेको विभागका प्रवक्ता टिकाराम ढकालले बताए ।

उनीहरूले हिमाली क्षेत्रका स्याउ, ओखर, लसुन, किसमिसलगायत खाद्य सामग्री सस्तो मूल्यमा उपलब्ध गराउने भनी प्रचारप्रसार गरे तापनि बजार मूल्यभन्दा महँगो दरमा बिक्री गर्ने गरेको पाइएको छ ।

अनुसन्धानका क्रममा ती नागरिकहरूले दुई वर्षअघि विदेशी लगानी भिर्त्याइ होटल खोल्ने उद्देश्यले व्यवसायिक (बिजनेस) भिसा प्राप्त गरे पनि प्रतिबद्धताअनुसार लगानी भिर्त्याएको नदेखिएको तथा हाल पर्यटक भिसामा नेपालमा बसोबास गरिरहेको पाइएको अध्यागमनले बताएको छ ।

त्यसैगरी, उनीहरू सन् २०२४ मा चीनस्थित तिब्बत हुइद इन्टरनेशनल ट्रेड तथा सिन्हाङ साङ चेङ हेल्थ इन्ड्रस्ट्रिजका बजार विश्लेषकको रूपमा नेपाल प्रवेश गरेको अभिलेख रहेको छ । नेपालमा रहँदा गैरकानूनी रूपमा व्यावसायिक गतिविधि सञ्चालन गर्ने उद्देश्यले नेपाली नागरिकको नाममा नेपाल जाङ्नी ट्रेडिङ एण्ड इन्भेस्टमेन्ट नामक कम्पनी दर्ता गरी चिनियाँ कृषि फारामको नाममा व्यवसाय सञ्चालन गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । उक्त कम्पनीको प्रचारप्रसार समेत टिकटकमार्फत् गर्ने गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?