News Summary
Generated by OK AI. Editorially reviewed.- खोटाङ प्रहरीले सामाजिक सञ्जालमार्फत मानसिक यातना दिई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा भोजपुरका ४९ वर्षीय कुमार थापालाई पक्राउ गरेको छ ।
- गत २० जेठमा खोटाङकी ३२ वर्षीया देवी विष्ट कार्की घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
- पक्राउ परेका थापालाई जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ ।
२२ जेठ, खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले आत्महत्या दुरुत्साहन मुद्दाका एक प्रतिवादीलाई पक्राउ गरेको छ।
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरी सेम्माकी ३२ वर्षीय देबी बिष्ट (कार्की)लाई मानसिक यातना दिएर मर्न बाध्य बनाएको अभियोगमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगनेका ४९ वर्षीय कुमार थापालाई पक्राउ गरिएको हो ।
देवी गत जेठ २० गते घर नजिकै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
अनुसन्धानको क्रममा कुमारले केही समयअघिदेखि सामाजिक सञ्जालमार्फत मानसिक यातना दिएर देबीलाई मर्न वाध्य बनाएको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक निराजन बस्नेतले बताए ।
पक्राउ परेका प्रतिवादीलाई जिल्ला अदालतबाट आत्महत्या दुरुत्साहन मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
उनीहरू दुवै विवाहित हुन् ।
प्रतिक्रिया 4