+
+
Shares

सिक्री लुट्ने समूहका चार जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २० गते १२:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको तारकेश्वरमा सुनको सिक्री लुटपाट गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा ३ जना नेपाली र १ जना भारतीय नागरिक छन् भने उनीहरूका साथबाट नगद र स्कुटर बरामद गरिएको छ ।
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेकाहरूलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ ।

२० जेठ, काठमाडौं । सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका बस्ने धादिङ रूवी भ्याली गाउँपालिका–३ घर भएका २० वर्षीय एनोस तामाङ, २६ वर्षीय हेमन्त तामाङ, काठमाडौं तारकेश्वर नगरपालिका–७ टुसारचौर बस्ने नुवाकोट ककनी गाउँपालिका–२ घर भएका १९ वर्षीय लाक्पा तामाङ र काठमाडौं महानगरपालिका–१२ नरदेवी बस्ने भारत पश्चिम बंगाल प्रान्त हुग्ली घर भएका ५० वर्षीय शुकुमार पात्र रहेका छन् ।

तारकेश्वर नगरपालिका–८ जरङ्खुमा गत ११ गते स्कुटरमा आएका अपरिचित व्यक्तिहरूले एक जना महिलाको सुनको सिक्री लुटपाट गरेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्याले टेकले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट नगद ७५ हजार ८ सय रूपयाँ र स्कुटर १ थान समेत बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?