News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका डाँका चोरी मुद्दाका कैदी विनोद सुन्दासलाई प्रहरीले चाँगुनारायणबाट पक्राउ गरेको छ ।
- रामेछापका ३० वर्षीय सुन्दासलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी केन्द्रीय कारागार सुन्धारा पठाएको छ ।
१८ जेठ, काठमाडौं । जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ का ३० वर्षीय मिलन, समीर भनिने विनोद सुन्दास छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनी डाँका चोरी मुद्दामा ५ वर्ष कैद सुनाइएका व्यक्ति हुन् । चाँगुनारायणबाट पक्राउ परेका उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4