0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

नयाँ सरकारप्रति भारतमा उत्साह पाएँ : परराष्ट्रमन्त्री खनाल

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २४ गते १९:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्रमन्त्री शिशिर खनालले रास्वपा नेतृत्वको नयाँ सरकारप्रति भारतमा एक किसिमको उत्साह रहेको बताएका छन् ।
  • स्थिर सरकारमार्फत नेपाल र भारतबीचका विभिन्न सहयोग परियोजनामा ढुक्क भएर काम गर्न सकिनेमा भारत विश्वस्त रहेको उनले बताए ।
  • उनले ‘नयाँ सरकारप्रति एक किसिमको उत्साह छ । स्थिर सरकार नेपालले पाएको छ’ भनी बताए ।

२४ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले रास्वपा नेतृत्वमा बनेको नयाँ सरकारप्रति भारतमा एक किसिमको उत्साह आफूले पाएको बताएका छन् ।

आइतबार भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनालले स्थिर सरकारमार्फत नेपाल–भारतबीचको विभिन्न सहयोगका परियोजना लगायतका विषयमा ढुक्क भएर काम गर्न सकिनेमा भारत विश्वस्त रहेको बताए ।

‘नयाँ सरकारप्रति एक किसिमको उत्साह छ । स्थिर सरकार नेपालले पाएको छ,’ उनले भने, ‘त्यो स्थिर सरकारमार्फत नेपाल भारतबीच रहेका विभिन्न सहयोगका परियोजना लगायतका विषयमा ढुक्क भएर काम गर्न सकिन्छ ।’

उनले परियोजना लगायतका अन्य काम गर्नका लागि अहिलेको रास्वपा सरकारले भारतलाई कन्फिडेन्स दिएको उनले बताए ।

‘चाँडो चाँडो सरकार परिवर्तन हुँदैगर्दा सुरु गरिएका परियोजना, संवाद टुंगोमा पुग्न अप्ठेरो हुने, र अहिलेको स्थिर सरकारले कन्फिडेन्स दिएको मैले पाएँ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?