0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

रास्वपा डडेल्धुराको सभापतिमा अवस्थी

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २४ गते २१:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टी डडेल्धुराको पहिलो जिल्ला अधिवेशनबाट ई. सुरेन्द्र अवस्थीको नेतृत्वमा ९ सदस्यीय नयाँ जिल्ला कमिटी गठन भएको छ ।
  • सहमति नजुटेपछि उपसभापति र सचिव पदका लागि भएको निर्वाचनमा क्रमशः मदन धामी र टंक अवस्थी विजयी भएका छन् ।

२४ जेठ, डडेल्धुरा । रास्वपा डडेल्धुराको सभापतिमा ई. सुरेन्द्र अवस्थी चयन भएका छन् ।

पहिलो जिल्ला अधिवेशनबाट अवस्थीको नेतृत्वमा ९ सदस्यीय जिल्ला कमिटी बनेको छ ।

शनिबार उद्घाटन गरिएको अधिवेशनमा सर्वसम्मतको प्रयास भए पनि उपसभापति र सचिव पदमा सहमति हुन सकेको थिएन ।

उक्त दुई पदमा भएको निर्वाचनमा उपसभापतिमा मदन धामी र सचिवमा टंक अवस्थी निर्वाचित भएका छन् ।

उपसभापतिका अर्का उम्मेदवार चन्द्र खड्का थिए भने सचिवमा अमरगढी नगरपालिका डडेल्धुराका निवर्तमान उपमेयर समेत रहेकी संगीता भण्डारी थिइन् ।

त्यस्तै, सहसचिव बसन्त पाण्डेय, सदस्यहरू मिना फुलारा, देव सिंह भाट, सन्तोष ऐर, चन्द्रदेव कुँवर, जितेन्द्र जैरु चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?