२५ जेठ, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको जिल्ला अधिवेशन अन्तर्गत नवलपरासीको अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ । अधिवेशनबाट रवि पाण्डेय सभापति चयन भएका छन् । उनी यसअघि कार्यवाहक सभापति थिए ।
उपसभापतिमा रामप्रसाद अर्याल, सचिवमा अमर पाठक र सहसचिवमा राकेश गुप्ता चयन भएका छन् ।
त्यसैगरी तीन जना महिला सदस्यतर्फ प्रेमकला भट्टराई ढकाल, दिलकुमारी कुँवर र शारदा भट्टराई , बहुल जातियता सदस्यतर्फ अरेन्द्रनाथ राय ठाकुर र दलिततर्फ ब्रमा लोहार चयन भएका छन् । कोषाध्यक्ष पदमा पछि मनोनित गर्ने रास्वपाको विधानमा व्यवस्था छ । अधिवेशनमा २६० जना प्रतिनिधिहरु रहेको निर्वाचन समितिका सदस्य बालिन्द्र विक्रम शाहीले जानकारी दिए ।
पालिका अधिवेशन अन्तर्गत प्रतापपुरमा निर्वाचनमार्फत नेतृत्व चयन भएको थियो भने बाँकी पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको थियो । रामग्राम नगर समितिमा भने विवादका कारण तदर्थ समितिलाई निरन्तरता दिएर प्रतिनिधि छनौट गरिएको थियो ।
प्रतिक्रिया 4