0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

फिलिपिन्समा भूकम्प : धेरै घरहरु भत्किए, कम्तिमा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते ८:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओ केन्द्रविन्दु भई सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परेर कम्तीमा एक जनाको मृत्यु भएको छ ।
  • अमेरिकी भूगर्भ सर्वेक्षणले ७.८ म्याग्निच्युड मापन गरेको उक्त भूकम्पको तीव्रता फिलिपिन्सको स्थानीय निकायले भने ७.० म्याग्निच्युड मात्र रहेको जनाएको छ ।
  • भूकम्पपछि फिलिपिन्स, इन्डोनेसिया र मलेसियाका तटीय क्षेत्रहरूमा ३ मिटरसम्म अग्लो छाल आउन सक्ने भन्दै सुनामीको चेतावनी जारी गरिएको छ ।

२५ जेठ, काठमाडौं । फिलिपिन्समा सोमबार बिहान गएको शक्तिशाली भूकम्पले धेरै घरहरु भत्किएका छन् । प्रारम्भिक विवरण अनुसार भूकम्पमा परेर कम्तिमा एक जनाको मृत्यु भएको छ र केही घाइते भएका छन् । उद्धार कार्य जारी रहेकाले क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

भूकम्पपछि धेरै क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । फिलिपिन्स, इन्डोनेसिया र मलेसियाका तटीय क्षेत्रहरूमा सुनामीको चेतावनी जारी गरिएको छ ।

फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओमा टापुमा रहेको जनरल सान्तोस सहरको तटीय क्षेत्र नजिक आज बिहान भूकम्प गएको हो । स्थानीय समयअनुसार बिहान ७:३७ बजे (नेपाली समय अनुसार बिहान ५:२२ बजे) भूकम्प गएको हो ।

भूकम्पको वास्तविक तीव्रता र गहिराइबारे विभिन्न निकायले फरक फरक विवरण सार्वजनिक गरेका छन् । फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानका अनुसार भूकम्प ७.० म्याग्निच्युडको थियो र यसको गहिराइ १० किलोमिटर थियो ।

तर अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको तीव्रता ७.८ म्याग्निच्युड र गहिराइ ३५ किलोमिटर रहेको जनाएको छ । त्यस्तै, जर्मनीको भूविज्ञान अनुसन्धान केन्द्रले पनि भूकम्पको तीव्रता ७.८ म्याग्निच्युड रहेको उल्लेख गर्दै यसको गहिराइ ५० किलोमिटर रहेको जनाएको छ ।

प्रशान्त महासागरको सुनामी वार्निङ सेन्टरले फिलिपिन्सका केही तटीय क्षेत्रमा ३ मिटरसम्म अग्ला छाल उठ्न सक्ने चेतावनी दिएको छ । त्यस्तै इन्डोनेसिया र मलेसियाका केही तटीय भागहरूमा १ मिटरसम्मका छालको जोखिम रहेको बताइएको छ ।

भूकम्पको इपीसेन्टर जनरल सान्तोस सहरमा धेरै घर र भवनहरू क्षतिग्रस्त भएका छन् । प्रशासनले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्कालै उच्च स्थानतर्फ जान आग्रह गरेको छ । अधिकारीहरूका अनुसार भूकम्पपछि थप परकम्प (आफ्टरसक) आइरहेको छ ।

फिलिपिन्स विश्वका सबैभन्दा बढी भूकम्प प्रभावित देशहरूमध्ये एक हो।  यो प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित छ, जहाँ बारम्बार भूकम्प र ज्वालामुखी गतिविधिहरू हुने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?