News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डको विवरणअनुसार यम थापा निर्देशित फिल्म ‘लालीबजार’ ले ८ करोड ७८ लाख ५ हजार १९८ रुपैयाँ ग्रस कमाएको छ ।
- चलचित्र ‘परालको आगो’ ले ४ करोड २८ लाख ११ हजार ४४५ रुपैयाँ ग्रस कमाउँदै दोस्रो स्थान हासिल गरेको छ ।
- चलचित्र ‘मितज्यू’ ले १ करोड ३१ लाख ११ हजार ८५९ रुपैयाँ ग्रस कमाएको चलचित्र विकास बोर्डले जनाएको छ ।
काठमाडौं । चलचित्र विकास बोर्डले पछिल्लो आइतबारसम्मको कमाइ विवरण सार्वजनिक गरेको छ । जसअनुसार, ‘लालीबजार’को कमाइ पौने ९ करोड हाराहारीमा देखिन्छ ।
यम थापा निर्देशित फिल्म ‘लालीबजार’ ले पछिल्लो शनिबारसम्म ८ करोड ७८ लाख ५ हजार १९८ रुपैयाँ ग्रस कमाएको छ । सोही अवधिमा यो फिल्मलाई २ लाख ९८ हजार २२७ जनाले हेरेका छन् ।
‘मितज्यू’ले १ करोड ३१ लाख ११ हजार ८५९ रुपैयाँ ग्रस कमाएको छ । यो फिल्मलाई ४५ हजार ५३३ जनाले हेरेका छन् ।
‘काजी’को कमाइ ४४ लाख ३८ हजार ९८५ रुपैयाँ ग्रस छ । यो फिल्मलाई १४ हजार २६९ जनाले हेरेका छन् ।
‘रोल नम्बर १’ को कमाइ ९४ लाख ९१ हजार ६८० रुपैयाँ ग्रस छ । यसलाई ३१ हजार ७८८ जनाले हेरेका छन् ।
‘लाइफ ड्यामेज’ले ३४ लाख ४० हजार १५ रुपैयाँ ग्रस कमाएको छ । यसलाई ११ हजार २४८ जनाले हेरेका छन् ।
‘परालको आगो’ले ४ करोड २८ लाख ११ हजार ४४५ रुपैयाँ ग्रस कमाएको छ । यो फिल्मलाई १ लाख ५४ हजार १३६ जनाले हेरेका छन् ।
‘कुम्भ’ले ३ लाख ३२ हजार ४१० रुपैयाँ ग्रस कमाएको छ । यसलाई १४ सय ९४ जनाले हेरेका छन् ।
प्रतिक्रिया 4