0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares
सर्वदलीय बैठक :

रास्वपाले भन्यो– सभापति र परराष्ट्रमन्त्रीले संसद्‌मा कुरा राख्नुहुन्छ, विपक्षीले मानेनन्

‘प्रधानमन्त्रीले नै संसद्‌मा जवाफ दिनुपर्ने अडान’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते १२:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संघीय संसद्‌मा जारी गतिरोध अन्त्यका लागि सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा सत्ता र विपक्षी दलहरूबीच सहमति जुट्न सकेन।
  • विपक्षी दलहरूले भारत भ्रमण र सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले नै संसद्‌मा जवाफ दिनुपर्ने अडान राखेका छन्।
  • सहमति नजुटेपछि विपक्षी दलहरूले संघीय संसद् बैठकमा आफ्नो अवरोधलाई कायमै राख्ने भएका छन्।

२५ जेठ, काठमाडौं । संघीय संसद् बैठकमा विपक्षीहरूले अवरोध कायमै राख्ने भएका छन् ।

संसद्‌मा जारी गतिरोध अन्त्य गर्नेगरी रास्वपा सभापति रवि लामिछानेले सोमबार सिंहरदबारमा सर्वदलीय बैठक डाकेका थिए ।

बैठकमा सत्ता र विपक्षी दलहरूबीच सहमित जुट्न नसकेको हो ।

बैठकमा सत्तारुढ दलका नेताहरूले भारत भ्रमण र सीमा विवाद लगायतका विषयमा सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालले बोल्ने प्रस्ताव राखेका थिए ।

यद्यपि विपक्षी दलहरूले उक्त प्रस्ताव अस्वीकार गरे । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहले नै उक्त विषयमा संसद् बैठकमा पुगेर जवाफ दिनुपर्ने माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?