0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

धितोपत्र बोर्डको प्रतिबद्धता : नेप्से पुनर्संरचना, एनआरएन र पेन्सन कोषको सहभागिता

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते १७:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल धितोपत्र बोर्ड ३४औं वर्षमा प्रवेश गरेको अवसरमा अध्यक्ष उत्तरकुमार खत्रीले पूँजी बजारलाई सुरक्षित र प्रतिस्पर्धी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
  • बोर्डले नेप्से तथा सीडीएससीको पुनर्संरचना गर्दै पेन्सन कोष, बीमा, म्युचुअल फन्ड र गैरआवासीय नेपालीको सहभागिता विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।
  • सूचीकृत कम्पनीको धितोपत्र बिक्री गर्दा लाग्ने पूँजीगत लाभकर अन्तिम हुने व्यवस्थाले बजार थप गतिशील हुने अपेक्षा बोर्डले गरेको छ ।

२५ जेठ काठमाडौं । पूँजी बजार नियामक नेपाल धितोपत्र बोर्ड ३४ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा प्रतिबद्धता पत्र सार्वजनिक गर्दै अध्यक्ष उत्तरकुमार खत्रीले पूँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको बनाउने कार्यमा बोर्ड क्रियाशील रहने बताएका छन् ।

बोर्ड यतिबेला कार्यकारी अध्यक्षविहीन हुँदा सञ्चालक समितिमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने पदाधिकारी स्वतः अध्यक्षको जिम्मेवारीमा रहने व्यवस्थाबमोजिम खत्रीले सम्हालेका छन् ।

प्रतिबद्धता पत्रमा नेप्से तथा सीडीएससीको पुनर्संरचना गर्ने प्रतिबद्धता समेत जनाइएको छ । पेन्सन कोष, बीमा, म्युचुअल फन्ड र गैरआवासीय नेपालीको सहभागिता विस्तार गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।

‘बोर्डले धितोपत्र नियमन, नेप्से तथा सीडीएस एन्ड क्लियरिङ प्रणालीको पुनर्संरचना गर्दै संस्थागत लगानीकर्ता, पेन्सन कोष, बीमा, म्युचुअल फन्ड र गैर आवासीय नेपालीको सहभागिता विस्तारका साथै ऋण बजार, बण्ड बजार, पूर्वाधार बण्ड र जोखिम व्यवस्थापन उपकरण विकास गरी दीर्घकालीन पूँजी निर्माण गर्नेगरी आगामी कार्यदिशा तय गर्नेछ’ प्रतिबद्धता पत्रमा उल्लेख छ ।

अध्यक्ष खत्रीले पूँजी बजारको विकास तथा सुधारका लागि विभिन्न समयमा गठन भएका आयोग तथा कार्यदलहरूले दिएका सुझाव समेत क्रमशः कार्यान्वयन गरिने प्रतिबद्धता गरेका छन् ।

‘सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पूँजीगत लाभकर अन्तिम हुने व्यवस्था गरिएसँगै बजार थप गतिशील हुने अपेक्षा छ’ प्रतिबद्धता पत्रमा उल्लेख छ । त्यति मात्रै होइन आफ्नै कामकारबाही प्रभावकारी बनाउन नसकेको बोर्डले नियामकीष् क्षमता सुदृढीकरण गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ । ‘बोर्डको नियमन र

सुपरीवेक्षणलाई थप प्रभावकारी बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवी संघसंस्थासँग समन्वय तथा सहकार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु’ खत्रीले जारी गरेको प्रतिबद्धता पत्रमा उल्लेख छ ।

त्यस्तै आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र वार्षिक बजेटले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी लिएका नीति, रणनीति तथा कार्यक्रम अनुरुपका निर्धारित लक्ष्य हासिल गर्ने भूमिकातर्फ अग्रसर रहने प्रतिबद्धता जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?