0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

कर्णालीमा रास्वपाका जिल्ला सभापति को को बने ?

डोल्पाबाहेक सबैमा पहिलो अधिवेशन गरेर नयाँ समिति गठन गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते १७:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले कर्णालीका १० मध्ये ९ जिल्लामा पहिलो अधिवेशन सम्पन्न गरी नयाँ जिल्ला समिति गठन गरेको छ ।
  • सुर्खेत जिल्लाको सभापतिमा प्रतिनिधिसभा सदस्य रमेश सापकोटा चयन भएका छन् ।
  • डोल्पामा २ महिनाअघि मात्र तदर्थ समिति बनेकाले महाधिवेशनपछि मात्र नयाँ नेतृत्व चयनका लागि अधिवेशन गरिनेछ ।

२५ जेठ, काठमाडौं । कर्णालीका १० जिल्ला मध्ये ९ वटामा रास्वपाले नयाँ समिति गठन गरेको छ । डोल्पा बाहेक सबैमा पहिलो अधिवेशन गरेर नयाँ समिति गठन गरिएको छ ।

कर्णालीको प्रदेश राजधानी रहेको सुर्खेत जिल्लाको सभापति रमेश सापकोटा चयन भएका छन् । सापकोटा प्रतिनिधिसभा सदस्य समेत हुन् ।

रुकुम पश्चिममा द्रोण खड्का सभापति चुनिएका छन् । जाजरकोटमा आइतबार हिजो अधिवेशनको क्रममा विवाद भए पनि सोमबार नयाँ समिति चयन गरिएको छ । जाजरकोटमा महेश सिंहको नेतृत्वमा नयाँ समिति गठन भएको छ ।

सल्यानमा प्रकाश परियार, दैलेखमा बखत भण्डारी, कालिकोटमा प्रेमबहादुर केसी,जुम्लामा मकर भण्डारी, हुम्लामा लक्ष्मण ऐरी, डोल्पामा देवसिंह ऐरी सभापति बनेका छन् ।

मुगुमा सोमबार अधिवेशन जारी रहेको रास्वपाका कर्णाली उपसभापति प्रेमबहादुर बोहराले जानकारी गराए । डोल्पामा दुई महिना अघि मात्रै तदर्थ समिति बनेको हुँदा महाधिवेशन पछि मात्रै नयाँ नेतृत्वका लागि अधिवेशन गरिने भएको छ ।

संगठनमा तुलनात्मक रुपमा चुनावअघि कमजोर रहेको रास्वपाले चुनावपछि तीव्र गतिमा कर्णालीमा संगठन विस्तार गरेको छ । गत चुनावमा कर्णालीबाट रास्वपाले एक सिट मात्रै जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?