0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

पक्राउ पर्नेमा काठमाडौंका ४३ वर्षीय नीरबहादुर गुरुङ छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते १७:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका कैदी नीरबहादुर गुरुङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।
  • लागुऔषध खैरो हेरोइन मुद्दामा ५ वर्ष कैद सजाय तोकिएका उनलाई प्रहरीले पुनः कारागार पठाएको छ ।

२५ जेठ, काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंका ४३ वर्षीय नीरबहादुर गुरुङ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । १६ माघ २०८० मा उनी ६ ग्राम ४५० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए ।

२१ माघ २०८१ मा उनलाई ५ वर्ष कैद र ५ हजार जरिवानाको फैसला भएको थियो । पक्राउ परेका उनलाई कारागार पठाइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?