News Summary
Generated by OK AI. Editorially reviewed.- सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका कैदी नीरबहादुर गुरुङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।
- लागुऔषध खैरो हेरोइन मुद्दामा ५ वर्ष कैद सजाय तोकिएका उनलाई प्रहरीले पुनः कारागार पठाएको छ ।
२५ जेठ, काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौंका ४३ वर्षीय नीरबहादुर गुरुङ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । १६ माघ २०८० मा उनी ६ ग्राम ४५० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए ।
२१ माघ २०८१ मा उनलाई ५ वर्ष कैद र ५ हजार जरिवानाको फैसला भएको थियो । पक्राउ परेका उनलाई कारागार पठाइएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4