0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

एमाले पुनर्गठन सुझाव कार्यदलको बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २६ गते ११:५६

२६ जेठ, काठमाडौं । नेकपा एमाले पार्टी पुनर्गठन सम्बन्धी सुझाव कार्यदलको बैठक अहिले बसीरहेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको हो ।

यही जेठ १० गतेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने म्याद छ । तर कार्यदल गठनको १५ दिनपछि आज पहिलोपटक बैठक बसेको हो ।कार्यदलले पार्टी पुनर्गठनबारे सुझाव संकलन गरी सचिवालयमा प्रतिवेदन बुझाउनेछ ।

नेकपा एमालेको विधान अधिवेशनदेखि नै नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको माग उठ्दै आएको छ । जेनजी आन्दोलन पछाडि यो माग झन् चर्को भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?