0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

रास्वपा बागमती प्रदेश अधिवेशन : चार सय प्रतिनिधिविरुद्ध उजुरी

मंगलबारदेखि सुरु भएको अधिवेशनमा प्रतिनिधिका विरुद्ध परेको उजुरी र विवादमा समाधानका लागि निर्वाचन प्रक्रिया रोकिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २७ गते १२:४३
रास्वपा बागमती प्रदेशको अधिवेशन स्थल ।

२७ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमतीको अधिवेशनमा सहभागी प्रतिनिधि मध्ये चार सय जनाको विरुद्धमा उजुरी परेको छ ।

मंगलबारदेखि सुरु भएको अधिवेशनमा प्रतिनिधिका विरुद्ध परेको उजुरी र विवादमा समाधानका लागि निर्वाचन प्रक्रिया रोकिएको छ । पार्टी समायोजनका क्रममा भित्रिएका सदस्यबाट बनेका प्रतिनिधिहरू विरुद्ध उजुरी परेको थियो ।

बुधबार बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु गर्ने कार्यतालिका बनाइए पनि समयमा मतदान हुन नसकेपछि प्रतिनिधिहरू घर फर्कन लागेका थिए । निर्वाचन आयोगले मतपत्रमा देखिएको त्रुटि सच्याउन, समायोजनको सूचीमा रहेका प्रतिनिधिको विवाद समाधान गर्न र समिति व्यवस्थापनका लागि निर्वाचन प्रक्रिया स्थगित गर्नुपरेको निर्वाचन समितिले जानकारी गराएको छ । निर्वाचन समितिका अनुसार अधिवेशनका लागि १३ सय बढी प्रतिनिधि छनोट भएका थिए ।

प्रावधिक र व्यवस्थापकीय कार्य सकिएपछि मतदानका लागि २४ घण्टा अघि जानकारी गराउने निर्वाचन समितिले जनाएको छ ।

बागमतीको पहिलो अधिवेशनमा सभापतिका लागि चार जनाले उम्मेदवारी दर्ता गरेका छन् अच्युत्तम लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर क्षेत्रीले सभापतिमा उम्मेदवारी दिएका छन् ।

रास्वपा विधान अनुसार ६५ सदस्यीय बागमती प्रदेश समिति हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?