0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

संसद्‍ अवरोध खुलाउन विपक्षीसँग छलफलमा रवि लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २७ गते १३:२२
फाइल तस्वीर

२७ जेठ, काठमाडौं । संसद अवरोध खुलाउन रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा बसिरहेको छ ।

संसद्को कार्यव्यवस्थाको हलमा अहिले बैठक बसिरहेको छ । सदनमा प्रतिनिधित्व गर्ने सबै दलका नेता र प्रमुख सचेतकहरू बैठकमा सहभागी छन् ।

प्रधानमन्त्री बालेन शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर सदन अवरुद्ध गर्दै आइरहेका छन् ।

छलफलमा नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बे, नेकपा एमालेका रामबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन लगायतका नेताहरू सहभागी छन् ।

यसअघि २५ जेठमा पनि लामिछानेले रास्वपा नेतृत्वको सरकारको कामकारबाही र भारत भ्रमणका बारेमा विपक्षी दलका नेताहरूसँग छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?