२७ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा नेपालले भारतको सीमा मिचेको विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिएका छन् ।
विपक्षीले प्रधानमन्त्रीले नै यसबारे जवाफ दिनुपर्ने अडान राखे पनि अन्तिममा परराष्ट्रमन्त्रीले जवाफ दिने भएपछि विपक्षीले सदन चलाउन सहमति भएका थिए ।
आज बैठकमा मन्त्री खनालले प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा क्षेत्रको विषयमा लक्षित भएको बताए ।
‘प्रधानमन्त्रीज्यूको अभिव्यक्ति दशगजा अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छ । एक देशका नागरिकले अर्को देशको जग्गामा खेतीपाती र बसोबास गरिरहेको अवस्थालाई उहाँले ईंगित गर्नुभएको हो,’ उनले भने, ‘यसको समाधानका लागि नेपाल इन्डिया बाउन्ड्री वर्किङ ग्रुप र अन्य संयन्त्रले म्यापिङको काम गरिरहेका छन् ।’
उनले नेपाल र भारतको सीमाको विषयमा केही ठाउँमा मात्रै विवाद बाँकी रहेको बताए। ‘सुस्ता, लिम्पियाधुरा, कालपानी, लिपुलेक र केही क्षेत्रमा मात्रै नक्सांकन गर्न बाँकी छ,’ खनालले भने।
प्रतिक्रिया 4