0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

काठमाडौंको बौद्धमा वृद्धलाई कैँची प्रहार गर्ने व्यक्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २८ गते १६:२१

२८ जेठ, काठमाडौं । काठमाडौंको बौद्धमा एक वृद्धमाथि कैँची प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले बुढानीलकण्ठ नगरपालिका–१ नारायणथान घर भएका ३४ वर्षीय टाइसन लामा भन्ने टाइजन याजाकीलाई पक्राउ गरेको हो ।

जेठ २४ गते दिउँसो १२:३५ बजेको समयमा काठमाडौं महानगरपालिका–६ बौद्धको फूलबारी हिमालयन जाभा पछाडि सडकमा उनले बौद्धको सानो टुसाल घर भएका ७९ वर्षीय वृद्धलाई कैँची प्रहार गरेर घाइते पारेको प्रहरीले जनाएको छ ।

ती वृद्धलाई तत्काल उद्धार गरेर स्तुपा सामुदायक अस्पताल चुच्चेपाटी लगेको र त्यहाँबाट सामान्य उपचारपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका याजाकीमाथि ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?