+
+
Shares

ऋणबाट नआत्तिन आग्रह गर्दै अर्थमन्त्रीले दिए अमेरिका र जापानको उदाहरण

उनका अनुसार ऋण लिएर उत्पादनमुलक क्षेत्रमा लगाउन सकियो भने जीडीपीको आकार बढ्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २९ गते १४:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको हितका लागि उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने गरी लिइने ऋणबाट नआत्तिन आग्रह गरेका छन् ।
  • प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा उनले नेपालको ऋण जिडिपीको सापेक्षित रूपमा ४३ प्रतिशत हाराहारी पुगेको बताए ।
  • उनले आगामी आर्थिक वर्षका लागि ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यसहितको बजेट प्रस्तुत गरिएको समेत उल्लेख गरे ।

२९ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ऋणबाट नआत्तिन आग्रह गरेका छन् ।

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले ऋणका सन्दर्भमा कुन देशको अवस्था कस्तो छ भनेर पनि केलाए । यसक्रममा अमेरिका र जापानको उदाहरण दिए ।

अर्थमन्त्री वाग्लेले भनेका छन्, ‘ऋणै नलिने भन्ने भएन । तर ऋण जिडपीको सापेक्षामा अर्थात् अर्थतन्त्रको आकारको सापेक्षतामा एउटा वान्छित सीमाभित्र राख्नुपर्छ ।’

लिएको ऋणले ऋण तिर्न सक्ने सामथ्र्य बढ्दै जानुपर्ने उनले बताए । उनका अनुसार ऋण लिएर उत्पादनमुलक क्षेत्रमा लगाउन सकियो भने जिडिपीको आकार बढ्छ ।

नयाँ बजेटले सोचेको जस्तो आर्थिक बृद्धि हुन सक्यो भने सकारात्मक प्रतिफल प्राप्त हुने उनले बताए । अर्थमन्त्री वाग्लेले ७ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्यसहित आगामी आर्थिक बर्षको बजेट ल्याएका छन् ।

आफूले कहिले पनि निरपेक्षतामा ऋणको विरोध नगरेको पनि उनले बताए ।

यहाँनेर उनले विकसित मुलुकका उदाहरण दिएका हुन् । जापान जस्तो देशको रेसियो दुई प्रतिशत, अमेरिकाको रेसियो एक सय प्रतिशतमाथि रहेको उनले सुनाए ।

नेपालमा २०७२ सालमा २५ प्रतिशत रहेकोमा हाल ४३ प्रतिशत वरिपरी पुगेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?