+
+
Shares

सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेकोबारे सरकारले भन्यो : आवश्यक कदम चालिनेछ

पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आज भारतीय सुरक्षाकर्मी (एसएसबी)हरू छिरेपछिको विषयमा सरकारले आवश्यक कदम चाल्ने बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २९ गते १५:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी सीमा पार गरी नेपाली भूमिमा प्रवेश गरेपछि स्थानीयले प्रतिकार गरेका छन् ।
  • सरकारका प्रवक्ता सस्मित पोखरेलले सुस्ताको भूमि रक्षा गर्ने स्थानीय नागरिकको प्रशंसा गर्नुभएको छ ।
  • प्रवक्ता पोखरेलले यस घटनाका सम्बन्धमा परराष्ट्र मन्त्रालयले आवश्यक कदम चाल्ने बताउनुभयो ।

२९ जेठ, काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आज भारतीय सुरक्षाकर्मी (एसएसबी)हरू छिरेपछिको विषयमा सरकारले आवश्यक कदम चाल्ने बताएको छ । शुक्रबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्नेक्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले यस्तो बताएका हुन् ।

‘सुस्तामा बस्नु भएको नागरिकले भूमिलाई रक्षा गरेर बस्नु भएको छ । उहाँहरूलाई नमन गर्नुपर्छ,’ उनले भने, ‘यससम्बन्धी परराष्ट्र मन्त्रालयले आवश्यक कदम चाल्ने छ ।’

आज सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेपछि विवाद भएको थियो ।सीमाना पार गरेर नेपाली भूमिमा प्रवेश गरेपछि स्थानीयहरूले त्यसको प्रतिकार गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?