+
+
Shares

कांग्रेसले गठन गर्‍यो पाँच उपसमिति

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ५ वटा उपसमिति गठन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २९ गते १७:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न क्षेत्रको नीतिगत संवाद र सचेतनाका लागि पाँचवटा उपसमिति गठन गरेको छ ।
  • प्रतिष्ठानले डा. यादव पण्डित, डा. अन्जनीकुमार झा, स्वीकृती पौडेल, श्रीप्रसाद भलामी र विनोद दासलाई उपसमितिको संयोजक तोकेको छ ।
  • गठित उपसमितिहरूले डायस्पोरा, स्वास्थ्य बीमा, घरेलु एवं डिजिटल हिंसा, सडक सुरक्षा र खेलकुद नीतिका क्षेत्रमा काम गर्ने जनाइएको छ ।

२९ जेठ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ५ वटा उपसमिति गठन गरेको छ । पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा प्रतिष्ठानका अध्यक्ष तथा पार्टी उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले ५ वटा विषयगत उपसमिति तय गरी संयोजक चयन गरेको हो ।

यस्तो छ उपसमिति

१) डायस्पोरा डाइलग, उपसमिति, संयोजक — डा. यादव पण्डित 
(नागरिकता, लगानी र मतदानको अधिकार सम्बन्धमा जनसम्पर्क समितिको पदीय संरचना बाहिरको वृहत् विश्व समाजसँग नीति संवाद र समन्वय)

२) स्वास्थ्य विमा र सेवामा पहुँच नीतिगत संवाद उपसमिति, संयोजक— डा. अन्जनीकुमार झा

३) घरेलु एवं डिजिटल हिंसा सचेतना उपसमिति, संयोजक— स्वीकृती पौडेल

४) सार्वजनिक यातायात र सडक सुरक्षा सचेतना उपसमिति, संयोजक— श्रीप्रसाद भलामी

५) खेलकुद नीति संवाद उपसमिति, संयोजक— विनोद दास

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?