+
+
Shares

आउँदो हप्ता पश्चिम तराईमा गर्मी बढ्ने, पूर्वमा पानी पर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३० गते १०:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आउने हप्ता देशका पहाडी र तराई भेगमा हल्का गर्मी बढ्ने र सुदूरपश्चिममा तातो हावा चल्ने मौसमविद्ले बताएका छन् ।
  • आगामी शुक्रबार र शनिबार कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
  • हाल प्रिमनसुनको समय भएकाले मेघगर्जन, चट्याङ, हावाहुरी र असिनापानीबाट जोगिन मौसमविद्हरूले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

३० जेठ, काठमाडौं । आउने हप्ता देशका पहाडी र तराई भेगमा हल्का गर्मी बढ्ने मौसमविदले बताएका छन् । आउँदो बुधबार र विहीबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा गर्मी बढेर तातो दिने हुने सम्भावना समेत छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद डेभिड ढकालका  अनुसार कोशी प्रदेशमा विहीबारसम्मै केही ठाउँमा मध्यम खालको पानी पर्ने छ ।

तराईको हकमा मधेश, बागमती र गण्डकी प्रदेशमा मंगलबार भित्र थोरै ठाउँमा तथा बुधबारदेखि विहीबारसम्म एक/दुई ठाउँमा मध्यमसम्म पानी पर्ने सम्भावना रहेको उनले बताए ।

यसैगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा शुक्रबार र शनिबार थोरै ठाउँमा तथा आइतबारदेखि विहीबारसम्म एक/दुई ठाउँमा मध्यमसम्म पानी पर्ने सम्भावना छ ।

शुक्रबार र शनिबार भने कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा भने भारी वर्षाको सम्भावना रहेको मौसमविद ढकालको भनाइ छ ।

पहाडी भेगको कुरा गर्नुपर्दा कोशी प्रदेशमा विहीबारसम्म नै केही ठाउँमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ ।

कर्णाली र सुदूरपश्चिममा भने थोरै ठाउँमा विहीबारसम्म नै मध्यमसम्मकोपानी पर्ने पूर्वानुमान छ ।

लुम्बिनी प्रदेशमा भने शनिबारसम्म केही ठाउँमा र विहीबारभित्र थोरै ठाउँमा मध्यमसम्मको पानी पर्ने पूर्वानुमान छ ।

शुक्रबार र शनिबार भने कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा भारी पानी पर्ने सम्भावना छ ।

हिमाली भेगको कुरा गर्नुपर्दा कोशी प्रदेशका केही ठाउँमा तथा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै ठाउँमा विहीबार भित्र मध्यमसम्मको हिउँ वा पानी पर्ने पूर्वानुमान छ ।

बागमती र गण्डकी प्रदेशमा मंगलबार भित्र केही ठाउँमा तथा विहीबारभित्र थोरै ठाउँमा मध्यमसम्मको हिउँ वा पानी पर्ने छ ।

अहिले प्रिमनसुनको समय भएकाले मेघगर्जन, चट्याङ, हावाहुरी र असिनापानीको पनि सम्भावना हुन भएकाले त्यसबाट हुनसक्ने सम्भावित क्षतिबाट जोगिने उपाय अपनाउन मौसमविदहरूले सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?