News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार पौने १ बजे कतार र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।
- अमेरिकाको सान्ता क्लारास्थित सन फ्रान्सिस्को बे एरेना स्टेडियममा हुनेछ ।
- कतार दोस्रो र स्विट्जरल्यान्ड १३औं पटक विश्वकप खेल्दैछन् ।
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा आइतबार बिहान पौने १ बजे कतार र स्विट्जरल्यान्डबीच खेल हुँदैछ ।
यो खेल अमेरिकाको सान्ता क्लारास्थित सन फ्रान्सिस्को बे एरेना स्टेडियममा हुनेछ ।
सन् २०२२ मा आयोजक भएर विश्वकप खेल्ने सौभाग्य प्राप्त गरेको गरेको यस दोस्रो पटक विश्वकप खेल्दैछ । चार वर्षअघि कतार समूह चरणबाटै बाहिरिएको थियो ।
यस पटक कतारले विश्वकपको नकआउट चरणमा स्थान बनाउने लक्ष्य राखेको छ ।
कतारले स्विट्जरल्यान्ड विरुद्ध अहिलेसम्म खेलेको एक मात्र मैत्रीपूर्ण खेल जितेको छ र विश्वकपमा पनि त्यहि लय राख्दै स्विट्जरल्यान्डलाई चुनौती दिन चाहन्छ । फिफा वरियतामा ५६औं स्थानमा रहेको कतार विश्वकपमै पहिलो जितको खोजीमा छ ।
समूह बी मा सहआयोजक क्यानडा र बोस्निया एण्ड हर्जगोभिना छन् । त्यसैले कतार र स्विट्जरल्यान्ड दुवै टिम पहिलो खेलमा सुखद नतिजा ल्याउन चाहन्छ ।
फिफा वरीयताको १९औं स्थानमा रहेको स्विट्जरल्यान्ड १३औं पटक विश्वकप खेल्दैछ । स्विटजरल्यान्डले सन् १९३४, १९३८ र १९५४ मा क्वाटरफाइनलमा स्थान बनाएपनि सन् २०१० पछि समूह चरण पार गर्न सकेको छैन ।
पछिल्लो पाँच खेलमा स्विटजरल्यान्ड एक मात्र हारेपनि जम्मा एक खेलमा मात्र जित निकाल्न सकेको छ । तीन खेल बराबरीमा सकिएको थियो ।
अर्कोतर्फ कतार भने पछिल्लो पाँच खेलमा जितविहिन छ । जसमा दुई बराबरी र तीन हार छ ।
अक्राम अफिफ, युसुफ अब्दुरिसाग र एड्मिल्सन जुनियर कतारको ‘फ्रन्ट लाइन अट्याकर’ हुन् । अफिफले आफ्नो राष्ट्रका लागि ३९ गोल गरेका छन् भने एड्मिल्सन पहिलो गोलको खोजीमा छन् ।
स्विट्जरल्यान्डको कुरा गर्ने हो भने मुख्य प्रशिक्षक याकिनसँग फरवार्ड लाइनमा विकल्पहरु धेरै छन् । ब्रील एम्बोलोले राष्ट्रिय टिमबाट २४ गोल गरेका छन् । मानुवएल अकान्जी, रिकार्डो रोड्रिगेज अनि ग्रानिट जाकाजस्ता खेलाडीको उपस्थितिले स्विट्जरल्यान्डको पहिलो रोजाई एकदमै बलियो छ ।
प्रतिक्रिया 4