+

काठमाडौं महानगरको अभियान ‍: मानसिक स्वास्थ्य सेवा दिन घरदैलोमै

२०८३ जेठ  ३१ गते १३:०१ २०८३ जेठ ३१ गते १३:०१
काठमाडौं महानगरको अभियान ‍: मानसिक स्वास्थ्य सेवा दिन घरदैलोमै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले समुदायस्तरमै निःशुल्क मानसिक स्वास्थ्य परामर्श शिविर अभियान शुरु गरेको छ।

३१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले समुदायस्तरमै निःशुल्क मानसिक स्वास्थ्य सेवा पुर्‍याउने अभियान सुरु गरेको छ । महानगरले शनिबारदेखि विभिन्न सार्वजनिक स्थानमा निःशुल्क मानसिक स्वास्थ्य परामर्श शिविर सञ्चालन सुरु गरेको हो ।

महानगरपालिकाका अनुसार मानसिक स्वास्थ्य प्लेटफर्म ‘ह्याप्पी माइन्ड्स’ सँगको सहकार्यमा अभियान सञ्चालन गरिएको हो । यस अभियानले मानसिक स्वास्थ्यसम्बन्धी समस्या पहिचान, प्रारम्भिक परामर्श तथा आवश्यक सेवामा पहुँच विस्तार गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

‘स्पीड काउन्सिलिङ’ मोडलमा आधारित शिविरमार्फत सेवाग्राहीले १५ मिनेटसम्म व्यक्तिगत तथा गोप्य परामर्श लिन सक्नेछन् ।

मानसिक तनाव, चिन्ता, डिप्रेसन, पारिवारिक समस्या वा अन्य मनोसामाजिक चुनौती सामना गरिरहेका व्यक्तिहरूले विशेषज्ञबाट प्रत्यक्ष मार्गदर्शन प्राप्त गर्न सक्ने महानगरले जनाएको छ ।

महानगरका अधिकारीहरूका अनुसार अभियानको उद्देश्य परामर्श सेवा प्रदान गर्नु मात्र नभई मानसिक स्वास्थ्यप्रति समाजमा रहेको संकोच, भ्रम र लाञ्छनालाई कम गर्नु पनि हो ।

त्यसका लागि विशेष टोलीहरूले समुदायमा पुगेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, घरदैलोमा मानसिक स्वास्थ्य शिक्षा दिने तथा परिवारसँग प्रत्यक्ष संवाद गर्नेछन् ।

महानगरका अनुसार मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्य सेवाको अभिन्न हिस्सा बनाउने दीर्घकालीन रणनीतिअन्तर्गत यो अभियान सञ्चालन गरिएको हो ।

शिविर तालिका

(जुन १३) — भगवान पाउ पार्क (बिहान ८–११ बजे), कमलपोखरी (दिउँसो ४–७ बजे)

(जुन १४) — हनुमान मन्दिर, खरिबोट (दिउँसो ४–७ बजे)

(जुन १५) — बौद्ध स्तूप (दिउँसो ४–७ बजे)

(जुन १७) — ठहिटी–नानी, इटुम्बहाल (बिहान ११–दिउँसो २ बजे)

(जुन १८) — गहना पोखरी (दिउँसो ४–७ बजे)

(जुन १९) — चिबाहाल दम्तोल (बिहान ९–१२ बजे)

(जुन २०) — हाँडीगाउँ डबली (दिउँसो २–६ बजे)

(जुन २१) — काठमाडौं दरबार स्क्वायर (दिउँसो ४–७ बजे)

काटमाठौं महानगर मानसिक स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने, अब्स्ट्र्याक्ट पेश गर्न आह्वान

आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने, अब्स्ट्र्याक्ट पेश गर्न आह्वान

एचआईभी नियन्त्रणमा प्रगति भए पनि लाञ्छना र विभेद अझै

एचआईभी नियन्त्रणमा प्रगति भए पनि लाञ्छना र विभेद अझै

विश्वकप हेर्न रातभर बस्दा, स्न्याक्स खाँदा के कुरामा सतर्कता अपनाउने ?

विश्वकप हेर्न रातभर बस्दा, स्न्याक्स खाँदा के कुरामा सतर्कता अपनाउने ?

घाममा बसेर जुरुक्क उठ्दा किन चक्कर लाग्छ ?

घाममा बसेर जुरुक्क उठ्दा किन चक्कर लाग्छ ?

ब्रोंकाइटिस र निमोनिया, यी दुईमा के फरक छ ?

ब्रोंकाइटिस र निमोनिया, यी दुईमा के फरक छ ?

ट्रमा सोसाइटी अफ नेपाल गठन, अध्यक्षमा डा. प्रमोद लामिछाने

ट्रमा सोसाइटी अफ नेपाल गठन, अध्यक्षमा डा. प्रमोद लामिछाने