+
+
Shares

परराष्ट्रमन्त्री खनालले बेइजिङस्थित नेपाली दूतावास परिसरमा गरे वृक्षरोपण

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुगेका खनालले दूतावास परिसरमा वृक्षारोपण गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३१ गते १४:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीन भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनालले बेइजिङस्थित नेपाली दूतावास परिसरमा वृक्षारोपण गर्नुभयो ।
  • चार दिवसीय भ्रमणमा रहनुभएका मन्त्री खनालले चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता र नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनमा सम्बोधन गर्नुहुनेछ ।

३१ जेठ, काठमाडौं । चीनको बेइजिङस्थित नेपाली राजदूतावास परिसरमा परराष्ट्रमन्त्री शिशिर खनालले वृक्षरोपण गरेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुगेका खनालले दूतावास परिसरमा वृक्षरोपण गरेका हुन् ।

गएराति चीन प्रस्थान गरेका खनाललाई बेइजिङस्थित विमानस्थलमा चीनका लागि नेपालका कार्यवाहक राजदूत श्रीमती रोशन खनाल तथा चीनको विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए ।

परराष्ट्रमन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आजै साँझ एक स्वागत समारोह आयोजना गर्दैछ । समारोहमा उनले नेपाली समुदायसँग अन्तरक्रिया समेत गर्ने कार्यक्रम रहेको छ ।

चीनमा रहँदा परराष्ट्रमन्त्रीले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । साथै उनले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्न कार्य तालिका छ ।

मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनाका साथै चिनियाँ उद्यमी व्यवसायीसँग पनि छलफल गर्ने कार्यक्रम छ ।

मन्त्री खनाल आगामी ३ असारमा स्वदेश फर्किने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?