+
+
Shares

५५ वर्ष कांग्रेसमा रगत, पसिना बगाएँ : बलबहादुर केसी

नेता केसीले पार्टीको इतिहास र आन्दोलनमा ठूलो बलिदान दिएका कार्यकर्ताहरूले अहिले उचित संरक्षण र सम्मान पाउन नसकेकोमा चिन्ता व्यक्त गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३१ गते १५:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता बलबहादुर केसीले पार्टीभित्र निष्ठावान् कार्यकर्ताको संरक्षण हुन नसकेको भन्दै नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
  • उनले आफ्नो ५५ वर्ष लामो राजनीतिक संघर्ष स्मरण गर्दै कांग्रेसले आफ्नो इतिहास भुल्न नहुने बताए।
  • राष्ट्रिय राजनीति संकटमा रहेको उल्लेख गर्दै नेता केसीले चुनौती सामना गर्न कांग्रेस एक ढिक्का हुनुपर्नेमा जोड दिए।

३१ जेठ, विराटनगर । नेपाली कांग्रेसका नेता बलबहादुर केसीले पार्टीभित्र निष्ठावान् कार्यकर्ताको संरक्षण हुन नसकेको भन्दै नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

विराटनगरमा कांग्रेस इतर पक्षले आयाेजना गरेकाे कार्यक्रममा बोल्दै नेता केसीले आफ्नो ५५ वर्ष लामो राजनीतिक जीवनको संघर्ष र पार्टीको वर्तमान अवस्थाबारे गम्भीर समीक्षा पनि गरे ।

उनले बीपी कोइरालाको सिद्धान्त र आदर्शलाई शिरोपर गर्दै आफूले साढे पाँच दशकदेखि निस्वार्थ रूपमा काम गरेको बताए । सो क्रममा आफूले भोगेको सास्ती स्मरण गर्दै केसीले भने, ‘२०३६ सालको विद्यार्थी आन्दोलनमा मलाई कालो मोसो दलेर, बोरा ओढाएर र जुत्ताको माला लगाएर ठेलागाडामा राखेर घुमाइयो। ७ वर्ष जेल जीवन बिताएँ, तर म कांग्रेसको सिद्धान्तबाट विचलित भइनँ।’

नेता केसीले पार्टीको इतिहास र आन्दोलनमा ठूलो बलिदान दिएका कार्यकर्ताहरूले अहिले उचित संरक्षण र सम्मान पाउन नसकेकोमा चिन्ता व्यक्त गरे ।

राष्ट्रिय राजनीति अहिले ठूलो भुमरीमा फसेको उल्लेख गर्दै उनले कांग्रेस एक ढिक्का भएर अगाडि बढे मात्र अहिलेको चुनौतीको सामना गर्न सकिने बताए ।

उनले थपे, ‘राणा हटायो, पञ्चायत हटायो, राजालाई समेत हटाएर लोकतन्त्र ल्याउने नेतृत्व गरेको कांग्रेसले आफ्नो इतिहास भुल्यो भने त्यो ठूलो भूल हुनेछ।’

पार्टीभित्र इमानदारिताको खडेरी परेको भन्दै उनले अब भाषणमा मात्र नभई व्यवहारमा पनि इमानदार भएर काम गर्नुपर्ने र कार्यकर्ताको भावना बुझ्नुपर्नेमा जोड दिएका छन् । कांग्रेस एकताका लागि दुवै पक्ष मिरे अघि बढ्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?