News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको संस्थापनइतर पक्षले विराटनगरमा आयोजना गरेको भेलामा कोशी प्रदेशका १४ वटै जिल्लाका सभापतिहरू अनुपस्थित रहे ।
- उक्त भेलामा नेताहरू डा. शेखर कोइराला, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला र डा. शशांक कोइरालालगायतका केन्द्रीय नेताहरू सहभागी थिए ।
- कोशी प्रदेश समितिबाट सभापति उद्धव थापा सहभागी नभए पनि महामन्त्रीद्वय भूपेन्द्र राई र उमेश थापा भने भेलामा उपस्थित थिए ।
१ असार, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतरले बोलाएको भेलामा कोशीका कुनै पनि जिल्ला सभापतिहरू सहभागी भएनन् ।
आइतबार विराटनगरमा गरिएको भेलामा पार्टी संरचनाको जिम्मेवारीमा रहेका न्यून व्यक्तिहरू उपस्थित भए । कोशीका कांग्रेस महामन्त्री भूपेन्द्र राईका अनुसार १४ जिल्लाकै सभापतिहरू उपस्थित भएनन् ।
प्रदेश सभापति उद्धव थापा सहभागी भएनन् । प्रदेश समितिबाट महामन्त्री भूपेन्द्र राई र उमेश थापा र कोषाध्यक्ष राजेश गुप्ता सहभागी थिए । ‘प्रदेश समितिका सदस्यहरु धेरै थियौं । हाम्रो समिति नै ठूलो छ,’ प्रदेश महामन्त्री राईले भने ।
नेता कोइरालानिकट भनि चिनिएका मोरङका सभापति डिगबहादुर लिम्बू पनि भेलामा सहभागी भएनन् । मोरङ कार्यवाहक सभापति भक्ति माझी भेलामा सहभागी थिए । झापाका जिल्ला सचिव कृष्ण हुमागाईं, क्षेत्रीय सभापति एवं भद्रपुरका मेयर गणेश पोखरेल भेलामा उपस्थित थिए ।
संघीय सांसदहरुमा चार जना भेलामा सहभागी भएका थिए । रुक्मिणी कोइराला, सुशीला ढकाल, गिता सेन्दाङ्, रेखा यादव उपस्थित भए । कोशी प्रदेश सभाका सदस्यहरूमा भूपेन्द्र राई, केदार कार्की, प्रदेशमन्त्री समेत रहेका भीम पराजुली, भूमि राजवंशी, रामकुमार खत्री, खगेश्वरी पौडेल, दयानन्द मण्डल लगायत भेलामा सहभागी भए । कोशी प्रदेश सभामा कांग्रेसका २९ सांसद छन् ।

संस्थापनइरतले विराटनगरको कार्यक्रमलाई ‘ऐतिहासिक भेला’ को संज्ञा दिएको छ । संस्थापनइतरको प्रदेशगत भेलामा नेता डा.शेखर कोइराला पहिलोपटक हिजो सहभागी भएका थिए । भेलामा कांग्रेसका पूर्व पदाधिकारीहरु विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला र डा शशांक कोइराला सहभागी बने ।
वर्तमान केन्द्रीय समितिबाट समेत भेलामा केन्द्रीय सदस्य आनन्दसन्तोषी राई उपस्थित रहेको प्रदेश महामन्त्री राईले जानकारी दिए । कोशी भेलामा नेताहरू शेखर कोइरालासँगै बलबहादुर केसी, एनपी साउद, डा मिनेन्द्र रिजाल, मोहन बस्नेत, मीन विश्वकर्मा, सरिता प्रसाईं, उमेशजंग रायमाझी, रामहरी खतिवडा, गोविन्दबहादुर शाह, गुरु बराल, सुजाता परियार, महिन्द्राकुमारी लिम्बू, कुन्दनराज काफ्ले, लक्ष्मी खतिवडा, सरस्वती बजिमय, गोमा भट्टराई, हसन अन्सारीलगायत उपस्थित थिए ।
प्रतिक्रिया 4